हृदयघातबाट जोगिने पाँच प्रभावकारी उपाय « Khabarhub

हृदयघातबाट जोगिने पाँच प्रभावकारी उपाय


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

आजकल मानिसको दैनिक जीवनको परिवर्तनसँगै धेरै मानिसमा हृदयघात हुने गरेको छ ।

विश्व मुटु महासंघका अनुसार मुटुरोगका कारण विश्वभर बर्सेनि १ करोड ८० लाख मानिसको मृत्यु हुने गर्दछ । विश्व स्वास्थ्य सङ्गठनले सन् २०२० सम्ममा विकासोन्मुख राष्ट्रहरूमा मुटुरोग महामारीकै रूपमा फैलिने भविष्यवाणीसमेत गरेको छ ।

मुटुरोगमा हृदयघात प्रमुख हो । मुटुका मांशपेशीमा रगत प्रवाह गर्न कोरोनरी रक्तनलीहरू साँगुरो वा बन्द हुनाले रोग लाग्ने गर्दछ । ह्यदयघात पनि एक प्रकारको कोरोनरी मुटुरोग नै हो ।

हृदयघातबाट बच्ने उपाय

१. एक्कासी छाती दुख्न थाल्यो भने एक चक्की एस्पिरिन चपाउँदै अस्पताल जानुभयो भने हृदयघातबाट हुने मृत्यु टर्न सक्छ । तत्कालै लिन सकिएको ३०० मिलिग्रामको एउटा एस्पिरिनको सहयोगबाट करिब एक चौथाई मृत्युलाई टार्न सकिन्छ । सबै प्रकारका छाती दुखाई हार्ट एट्याक नभए पनि एस्पिरिन खाँदा स्वास्थ्यलाई कुनै घाटा हुँदैन ।

२. स्वस्थ भोजन : प्रशस्त फलफूल, हरियो सागसब्जी खाने, तारेको खाना नखाने, चिनी, नून र चिल्लो सकेसम्म कम खाने ।

३. शारीरिक ब्यायाम : दैनिक आधाघण्टा शारीरिक कसरत र व्यायाम गरेमा हृदयघातको सम्भावना टरेर जान्छ ।

४. नशाबाट टाढा : धूमपानका साथै सूर्तिजन्य पदार्थको सेवन नगर्दा हृदयघातको सम्भावना कम हुन्छ । सूर्ति, तम्बाखु, चुरोट, सिगार वा खैनी सेवनकर्तामा हृदयघात हुने सम्भावना हुन्छ ।

५. शारीरिक तौल ठीक राख्ने, सकारात्मक चिन्तन राख्ने, पारिवारिक वातावरणमा बस्ने, चिन्ता नलिने साथै जंक फूड नखानाले पनि हृदयघातबाट बच्न सकिन्छ ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ३६ बजे

पाल्पामा २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

पाल्पा– यहाँका २५५ जनामा डेङ्गु सङ्क्रमण पुष्टि भएको छ । 

स्वास्थ्य संस्थाको नवीकरणलाई सहज बनाउन माग

रुपन्देही– लुम्बिनी प्रदेशका निजी अस्पताल सञ्चालकले अस्पताल नवीकरणको विद्यमान प्रावधानलाई

रास्वपा सभापति लामिछाने र अमेरिकी विदेशमन्त्री रुबियोबीच टेलिफोन वार्ता

काठमाडौँ – सत्तारूढ राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि

सहिद लखन र इच्छाकामनालाई विपद् सङ्कटग्रस्त क्षेत्र घोषणा गर्न प्रमुख सचेतक बुर्लाकोटीको माग

चितवन – राष्ट्रिय स्वतन्त्र पार्टीका प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले गोरखाको

सुदूरपश्चिममा अझै तीन दिन भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सुदूरपश्चिम – कैलालीलगायत सुदूरपश्चिमका विभिन्न भूभागमा वर्षा भइरहेको छ ।