सुकुटे बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो « Khabarhub

सुकुटे बस दुर्घटना : मृतकको संख्या १९ पुग्यो


१८ कार्तिक २०७६, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – सिन्धुपाल्चोकको सुकुटेमा भएको बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको छ ।

सिन्धुपाल्चोकको चौतारा साँगाचोकगढी नगरपालिका–९ अरनिको राजमार्गस्थित सुकुटेमा आइतबार दिउँसो भएको यात्रुबाहक बस दुर्घटनामा मृत्यु हुनेको सङ्ख्या १९ पुगेको हो ।

सोमबार सुनकोशी नदीले बगाएर ल्याएको अवस्थामा सिन्धुलीको नेपालथोकमा एक जना र अर्का एकको शव घटनास्थलबाट केही तलमात्रै भेटिएको छ ।

आइतबार मृत्यु हुनेमा पुरुष एक, महिला सात, बालक छ तथा बालिका तीन जनाको मृत्यु भएको हो । आइतबार मृत्यु भएका १७ जनाको सनाखत भए पनि आज शव भेटिएका दुई जनाको भने परिचय खुल्न नसकेको सिन्धुपाल्चोक प्रहरीले जनाएको छ ।

दुर्घटनामा परी घाइतेमध्ये ५२ जनाको उपचार धुलिखेल अस्पतालमा भइरहेकामा दुई जनालाई थप उपचारका लागि बनेपास्थित शिर मेमोरियल अस्पतालमा पठाइएको प्रहरीले जनाएको छ ।

दोलखाको मागा देउरालीबाट काठमाडौँका लागि छुटेको बा२ख ७२४५ नम्बरको यात्रुबाहक बस सुनकोशी नदीमा खसेको थियो । बसमा ६० भन्दाबढी यात्रु सवार रहेको अनुमान गरिएको छ । बस सडकबाट १ सय मिटर तल सुनकोशी नदीमा खसेर दुर्घटना भएको हो ।

प्रकाशित मिति : १८ कार्तिक २०७६, सोमबार  ७ : ५९ बजे

उत्पादनस्थल फोहर रहेको भन्दै उद्योगलाई दुई लाख जरिवाना

वीरगञ्ज (पर्सा) – जिल्ला प्रशासन कार्यालय (जिप्रका) ले उत्पादनस्थल फोहर

लापसे गरी सवारी चलाउने तीन चालक पक्राउ

काठमाडौँ। काठमाडौँ उपत्यका ट्राफिक प्रहरी कार्यालयले लागुऔषध (लापसे) सेवन गरी

वाम आन्दोलनलाई बलियो बनाउने चाहना छ : विद्या भण्डारी

रूपन्देही । नेपाल कम्युनिष्ट पार्टी (एमाले) की  वरिष्ठ नेता विद्यादेवी

भारतमा कसरी रोकिँदैछ समुद्री कटान ? 

करियाचल्ली (भारत) (रासस/एएफपी) । समुद्री सतह बढ्दै जाँदा भूभाग गुमाउँदै

अध्ययन बिदा दुरुपयोग छानिबन गर्न कृषि तथा वन विज्ञान विश्वविद्यालयमा समिति

काठमाडौं । कृषि तथा वन विज्ञान विश्वविद्यालयले शिक्षक तथा कर्मचारीले