ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना « Khabarhub

ब्रिटिश मिडियाको दाबी : अमेरिकी बेसमा हमला गर्न रूसले इरानलाई दिएको थियो स्याटेलाइट सूचना


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.7k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- युक्रेनी राष्ट्रपति भ्लोदोमिर जेलेन्स्कीले साउदी अरेबियास्थित अमेरिकी सैन्य बेसमा आक्रमण गर्न रुसले इरानलाई स्याटेलाइट सूचना दिएको दाबी गरेका छन् ।

गुप्तचर निकायलाई उद्धृत गर्दै युक्रेनका राष्ट्रपति जेलेन्स्कीले स्याटेलाइट तस्वीर रूसले इरानलाई उपलब्ध गराएको आरोप लगाएका हुन्।

उनका अनुसार रुसका स्याटेलाइटले प्रिन्स सुल्तान एयर बसेको तीनपटक तस्बिर खिचेको थियो । त्यसपछि भएको आक्रमणमा १२ जना अमेरिकी सैनिक घाइते भएका छन्।

शुक्रबार इरानले प्रहार गरेको मिसाइल र ड्रोन आक्रमणबाट करिब ३७० मिलियन पाउण्ड मूल्यको ई-३ सेन्ट्री रडार विमान नष्ट भएको छ । त्यसैगरि अन्य कम्तीमा चारवटा इन्धन भर्ने विमानहरू क्षतिग्रस्त भएका छन्।

यो घटना पछिल्लो महिना सुरू भएको युद्धयताकै अमेरिकी हवाई सुरक्षामा सबैभन्दा ठूलो कमजोरीमध्ये एक मानिएको छ।

राष्ट्रपति जेलेन्स्कीले रूसको गुप्तचर सहयोगबिना यस्तो निशाना सम्भव नभएको दाबी गर्दै आफू यसमा शतप्रतिशत विश्वस्त रहेको बताएका छन्।

यद्यपि, रुसले इरानलाई संवेदनशील जानकारी दिएको आरोप अस्वीकार गरेको छ। तर उसले इरानलाई केही प्रकारका सैन्य उपकरण उपलब्ध गराएको स्वीकार गरेको छ।

युरोपेली गुप्तचर एजेन्सीहरूका अनुसार रुसले इरानलाई आक्रमणकारी ड्रोनहरू पनि उपलब्ध गराउने तयारी गरिरहेको छ।

रिपोर्टअनुसार रुसबाट इरानतर्फ ड्रोन, खाद्यान्न र औषधिसहितको सैन्य सहयोग प्याकेज पठाइएको छ, जसले अमेरिका र इजरायलविरुद्धको संघर्षमा इरानलाई सहयोग पुर्‍याउने छ।

रिपोर्टअनुसार इरानलाई शाहीद-१३६ र गेरान-२ जस्ता कामिकाजे ड्रोनहरू उपलब्ध गराइँदै छन्, जसलाई रुसले यसअघि युक्रेन युद्धमा प्रयोग गरिसकेको छ।

विज्ञहरूका अनुसार रुसले यी ड्रोनहरूमा इन्जिन, नेभिगेशन तथा जामिङ प्रतिरोध क्षमता सुधार गरेको छ।

यसअघि पनि रुसले मध्यपूर्वमा रहेका अमेरिकी फौजमाथि लक्षित आक्रमणका लागि इरानलाई स्याटेलाइट तथा गुप्तचर सूचना दिएको दाबी गरिएको थियो।

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले समेत रुसले इरानलाई केही हदसम्म सहयोग गरिरहेको हुन सक्ने बताएका थिए।

यद्यपि, अमेरिकी अधिकारीहरूले यसबारे औपचारिक प्रतिक्रिया दिएका छैनन् । उता रुसले निरन्तर आरोप अस्वीकार गर्दै आएको छ।

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : १२ बजे

कर्तव्य ज्यान मुद्दाका फरार प्रतिवादी  १४ वर्षपछि  पक्राउ

सुर्खेत । जिल्ला प्रहरी कार्यालय दैलेखले  कर्तव्य ज्यान मुद्दामा फरार

ठमेलमा शान्ति भंग गर्ने ३५ जनाविरुद्ध मुद्दा

काठमाडौँ- काठमाडौँको प्रमुख पर्यटकीय क्षेत्र ठमेलमा सार्वजनिक मर्यादा एवं शान्ति

इन्धनको खरिद मूल्य बढ्यो, यथावतै राखियो खुद्रा मूल्य

काठमाडौँ । भारतीय आयल कर्पोरेसनबाट पेट्रोलियम पदार्थको मूल्य पुनः बढेर

इन्द्रसरोवर दुर्घटनाका चारै मृतकको सनाखत

हेटौँडा । मकवानपुरको इन्द्रसरोवर गाउँपालिका–२ सुकौरामा आज भएको यात्रुवाहक विद्युतीय

श्रममन्त्री यादव र मलेसियाका कार्यवाहक राजदूत अजमानबीच भेटवार्ता

काठमाडौँ । युवा, श्रम तथा रोजगारमन्त्री रामजी यादव र नेपालका