प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत « Khabarhub

प्रदेशसभा बैठकमा वातावरण समितिको प्रतिवेदन प्रस्तुत


१५ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


60
Shares
  • change font
  • change font
  • change font

विराटनगर– कोशी प्रदेशसभाको आजको बैठकमा ‘उद्योग, पर्यटन तथा वातावरण समितिको आर्थिक वर्ष २०८१/८२ वार्षिक प्रतिवेदन पेस भएको छ । प्रतिवेदन समितिका सभापति रामदेव यादवले पेस गरेका हुन् ।

सभाको शून्य र विशेष समयमा कोशी प्रदेश सभा सदस्यहरूले उठाएका जिज्ञासामा आन्तरिक मामिला तथा कानुन मन्त्री इन्द्रमणि पराजुलीले जेन-जी पुस्ताको आन्दोलनबाट प्रदेश सरकार मातहतमा रहेका संरचनामा कुल ७६ करोड ९५ लाख रुपैयाँको क्षति भएको जानकारी दिए  ।

उनले गएको असोज १८ गतेको बाढी र पहिरोबाट इलाम र ताप्लेजुङमा भएको क्षतिको पुनर्निर्माणका निम्ति स्थापना भएको पुनः निर्माण कोषमा  १५ करोड दाखिला भएको बताए । 

कोषमा मौज्दात रकमबाट इलाम र ताप्लेजुङमा यसवर्ष मनसुनजन्य विपत्ति रोक्ने पूर्वाधारमा  लगानी गरिने जानकारी उनले दिए  ।

प्रदेशसभाको अर्को बैठक यही चैत १७ गते अपराह्न १ बजे हुनेछ ।
 

प्रकाशित मिति : १५ चैत्र २०८२, आइतबार  ६ : १८ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म