समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो « Khabarhub

समानुपातिकलाई प्रधानमन्त्रीले हेपेको सांसद विकको गुनासो


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


2.6k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- सोमबार प्रधानमन्त्री बालेन शाहले विभिन्न प्रदेशका सांसदहरुसँग छलफल गरेका छन् । सोही क्रममा कर्णालीका संसदहरुलाई पनि प्रधानमन्त्री कार्यलय बोलाइएको थियो ।

तर समानुपातिक सांसदहरुलाई गेटबाटै फिर्ता पठाइएको भन्दै नेपाल कम्युनिष्ट पार्टीकी सांसद पार्वती विश्वकर्माले दुख व्यक्त गरेकी छिन् ।

प्रधानमन्त्रीले बोलाएको बैठकमा निर्धारित समयमा पुगेपनि सहभागी हुन नपाएको उनको गुनासो छ ।

‘आज प्रधानमन्त्री बालेन्द्र साहले कर्णालीका संसदहरुलाइ प्रधानमन्त्री कार्यलयमा बोलाएर छलफल गर्दै हुनुहुन्छ । त्यहाँ सामाणुपातिक प्रणालीबाट गएका संसदहरुलाई गेटबाटै फर्काइयो । जो अपमानको सिकार म आफू पनि भएँ ।’ उनले सामाजिक सञ्जाल फेसबुकमा लेखेकी छिन्, ‘विश्वमा भएका निर्वाचन प्रणालीहरु मध्यमा हाम्रो देशमा मिश्रित निर्वाचन प्रणाली छ, जो मध्य संविधानतः ६० प्रतिशत प्रत्यक्ष हो भने ४० प्रतिशत सामानुपातिकबाट निर्वाचित आउने हो । निर्वाचन प्रणाली मात्र फरक हो संसदको प्रमाणपत्र र शपथ खाइसके पछि । सबै जनाप्रतिनिधिसभा सदस्यको भूमिका हुन्छन् । प्रधानमन्त्रीज्यूले गरेको यो अपमान को मूल्य उहाँलाइ चर्को पर्न सक्छ ।’

विश्वकर्मा प्रतिनिधिसभामा जाजरकोटबाट सामानुपातिक तर्फबाट प्रतिनिधित्व गर्छिन् ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ४ : ५८ बजे

कांग्रेस केन्द्रीय कार्यसमिति बैठक बस्दै, के के छन् एजेण्डा ?

काठमाडौँ– नेपाली कांग्रेसको केन्द्रीय कार्यसमिति बैठक आज बस्दैछ । बैठक

आदिवासी दिवसमा आङ्देम्बेको चेतावनी- ‘सङ्घीयता र समानुपातिक प्रतिनिधित्व कमजोर पार्न पाइँदैन’

काठमाडौँ – प्रमुख प्रतिपक्षी दल नेपाली कांग्रेसका संसदीय दलका नेता

हर्मुज खुला गर्न इरानद्वारा अमेरिकी नाकाबन्दी अन्त्यको सर्त

काठमाडौँ – हर्मुज स्ट्रेट खुला गर्नका लागि अमेरिकी जलसेनाको नाकाबन्दी

भदौ १५ गते १९औँ पुस्तकालय दिवस मनाइने

काठमाडौँ– १९औँ पुस्तकालय दिवस आगामी भदौ १५ गते विभिन्न रचनात्मक

सात महिनाको सम्झौता, दुई वर्षमा पनि सकिएन

बागलुङ– निर्माण व्यवसायीको चरम लापरवाही बागलुङ जिल्ला सदरमुकामको एक राजमार्गमा