तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे « Khabarhub

तीन वर्षपछि आकाशले पाए फिल्म, ‘आबाट आमा २’ साइन गरे


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


36
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – पछिल्लो तीन वर्षदेखि फिल्मको काम नपाएका नायक आकाश श्रेष्ठले ‘आबाट आमा २’ साइन गरेका छन् ।

उनी फिल्ममा अनुबन्ध भएको निर्देशक चन्द्र पन्तले सोमबार जानकारी दिएका हुन् ।

यससँगै ‘आबाट आमा २’का लागि तीन कलाकार फाइनल भएका छन् । सिक्वेलमा नायक पल शाह र नायिका विपना कार्कीलाई निरन्तरता दिइएको हो ।

निर्देशक पन्तका अनुसार पल शाह फिल्ममा शीर्ष भूमिकामा रहेका छन् । आकाश विशेष भूमिकामा अनुबन्ध भएका हुन् ।

पन्तले भने, ‘हामीले फिल्मको कथा अनुसार नै आकाशलाई अनुबन्ध गरेका हौँ ।’

उनको भूमिकाबारे निर्माण पक्षले थप केही खुलाएको छैन ।

लगातार फिल्महरू फ्लप भएपछि आकाश सन् २०२३ देखि कुनै पनि फिल्ममा देखिएका छैनन् । उनी भने राम्रो स्क्रिप्टको खोजीमा आफू रहेको बताउँदै आएका छन् ।

वैशाख २ बाट यो फिल्मको छायाङ्कन सुरु हुने र दशैँमा प्रदर्शनमा आउने बताइएको छ ।

‘आबाट आमा’ अहिले प्रदर्शनरत छ । ५१ दिन मनाएको यस फिल्मले १३ करोडभन्दा बढी व्यापार गरेको छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०४ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको