अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने « Khabarhub

अनमोलको जन्मदिन पारेर ‘बाटुलो जून’ प्रदर्शन मिति घोषणा, दशैँमा हालमा लाग्ने


१६ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


45
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – नायक अनमोल केसीको जन्म दिन पारेर उनी शीर्ष भूमिकामा रहेको फिल्म ‘बाटुलो जून’को प्रदर्शन मिति सार्वजनिक गरिएको छ ।

फिल्म निर्माण कम्पनी सनराएज पिक्चर्सले आनमोल र नायिका प्रिन्सी खतिवडा फिचर्ड पोस्टर सार्वजनिक गरी असोज ३० गते प्रदर्शन मिति राखिएको जानकारी दिएको हो ।

यो दशैँको लामो बिदा लक्षित गरी फूलपातीको अघिल्लो दिन अनमोलको फिल्म प्रदर्शनमा आउन लागेको हो ।

पोस्टर सार्वजनिक गर्दै अनमोलले लेखेका छन्, ‘दशैँमा भेटौला ।’

यस फिल्मको निर्देशक अनमोलकै बुवा भुवन केसी हुन् । टिकटकबाट चर्चामा आएकी प्रिन्सीको यो डेब्यू फिल्म हो ।

पोस्टरमा अनमोल र प्रिन्सीको पहिरनले यो फिल्मको कथा केही वर्ष पूरानो रहेको संकेत गर्छ । अनमोलले हातका आँगोको राँको लिएका छन् । पर्खालमा उभिएकी प्रिन्सीको खुट्टा उनले समातेको देख्न सकिन्छ ।

सधैँ लभर ब्याइको भूमिकामा देखिने अनमोलले यस पटक फरक चरित्र निर्वाह गरेको पोस्टरले संकेत गर्छ ।

प्रकाशित मिति : १६ चैत्र २०८२, सोमबार  ७ : ०१ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको