मुटुलाई जोगाउन प्रयोग गर्नुहोस यी ५ खानेकुरा « Khabarhub

मुटुलाई जोगाउन प्रयोग गर्नुहोस यी ५ खानेकुरा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


3
Shares
  • change font
  • change font
  • change font

शरीर सञ्चालन गर्ने महत्वपूर्ण अंग मुटुलाई स्वस्थ राख्न निकै आवश्यक छ । मुटुलाई स्वस्थ राख्न्को लागि हामीले दैनिक रुपमा खाने खानामा पनि ध्यान दिनुपर्छ ।
पछिल्लो समय युवापुस्तादेखि नै मुटु रोगको संक्रमण बढ्न थालेपछि यसप्रति बढी सचेत हुनुपर्ने पनि देखिएको छ ।

हामीले दैनिक रुपमा प्रयोग गर्ने मसला केवल स्वादको लागि मात्र नभई स्वास्थ्यको लागि पनि पोषक तत्वको रुपमा मानिन्छ । कतिपय मसलाका सामग्रीले हामीलाई स्वस्थ राख्न समेत मद्दत गर्दछ ।

लसुन
कोलस्ट्रोलको मात्रामा वृद्धि हुनु भनेको मुटुमा असर गर्ने खतराको सुचक हो । यदि तपाइ कोलस्ट्रोलको लेवललाई कन्ट्रोल गर्न चाहनुहुन्छ भने आफ्नो दैनिक खानामा लसुनलाई समावेश गर्नुहोस् । लसुनमा एलिसिन नामक एन्टी अक्सिडेन्ट गुण पाईन्छ जसले कोलस्ट्रोल र ब्लड प्रेशरलाई नियन्त्रण गर्दछ ।

बेसार
रोग प्रतिरोधात्मक क्षमताले भरपूर हुन्छ बेसार, जसले कोलस्ट्रोलको लेवललाई कम गर्दछ । यसको अलवा यसले मधुमेहबाट पनि बचाउँछ ।

मरिच
कालो मरिचले पनि मुटुलाई बचाउने काम गर्दछ । यसले मुटुलाई सुरक्षा दिने काम गर्दछ ।

दालचिनी
दालचिनी खाने गर्नाले शरीरमा रगतको फ्लोलाई निकै राम्रो बनाउने गर्दछ । मुटुसँग जोडिएको समस्याबाट बच्नको लागि दैनिक केही दालचिनीको टुक्रा सेवन गर्नु राम्रो मानिन्छ ।

धनिया
धनियाको बिउमा पनि रोग प्रतिरोधात्मक गुण हुन्छ । कोलस्ट्रोलको सन्तुलित गर्न, शरीरमा रगतको बहाव बढाउन धनियाको सेवन निकै राम्रो मानिन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ६ : ३९ बजे

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा

लागूऔषधसहित १३ जना पक्राउ

काठमाडौँ– देशका विभिन्न भागमा प्रहरीले गरेको नियमित गस्तीका क्रममा लागूऔषधसहित