‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग ! « Khabarhub

‘मेक अप’ले निम्त्याउँछ यस्ता रोग !


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

शहरीया जीवनले मानिसलाई मेक अपबाट टाढा रहँन दिँदैन । शहरी क्षेत्रमा घरबाहिर निस्किँदा, दैनिक काममा वा कलेजमा जाँदा नियमित मेक अप नगरी हिँड्ने सायदै नहोलान् ।

युवायुवती मात्र होइन, पाका महिला पनि अनुहारको मेक अपको सौखिन हुन्छन् ।  मेक अपप्रति अत्यधिक सोख छ भने आजैबाट साबधानी अपनाउनु तपाईंहरुका लागि उचित हुनेछ । किनकी यसले विभिन्न छाला सम्बन्धी विभिन्न रोग निम्त्याउँछ ।

मेक अपले महिलाको सौन्दर्यता निखार ल्याउँने भएपनि मेक अपका नाममा अनावश्यक रुपमा अनुहार पोत्नु भनेको ठूला ठूला रोग निम्त्याउनु हो ।

मेक अप गर्ने प्रायः युवा-युवतीले मेकअपको साईड इफेक्टबारे खासै चासो दिँदैनन् । क्षणिक रुपमा राम्री देखिनुमा नै मख्ख हुन्छन् । मेक अपले क्यान्सरलगायत स्वास्थ्य सम्बन्धी गम्भीर समस्या निम्त्यिाउने गर्छ।

आवश्यकता भन्दा बढी मेक अपले छालामा देखिने समस्याका विषयमा यहाँ चर्चा गरिएको छ ।

आई स्याडो लगायत आखामा लगाउने आई मेक अपले आईल्यास अर्थात आखाको ढकनीमा गम्भीर अशर गर्छ । मेकअपमा हुने रसायनले आँखाँको ढकनीमा रातो विमिरा पलाउनुका साथै दीर्घकालीन असर गर्छ ।

आँखाको मेक अपले आँखामा सुख्खापन ल्याउनुका साथै आँखा रातो बनाउँछ । मेक अपका कणहरुले आँखामा टियर डक्ट (आँशु निकाल्ने ग्रन्थी) सुकाइदिन्छ जसका काख आँखा सुख्खा हुन्छ ।

मेक अप धेरै भयो भने अनुहारमा अनावश्यक दाग देखिन्छ । मेक अपको रसायन नरम छालालाई छिद्रा पारि लामो समय त्यही रहन्छ । तसर्थ, राति सुत्नुअघि अनिवार्य रुपमा मेक अप राम्ररी पखाल्नु पर्छ ।

अनुहारको मेक अपले छालाको एलर्जी हुन्छ । एलर्जीले छालालाई रातो बनाउने, विमिरा उठ्ने, सुनिने र अन्तमा ज्वरो समेत आउँछ । रसायनमा नकरात्मक असर भएमा एलर्जी हुन्छ ।

मेक अपले छालाको बाहिरी पत्रलाई खुइलाईदिन्छ र छालाको क्यान्सर समेत हुने गर्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ०२ बजे

पच्चीस लाख ठगेको अभियोगमा पक्राउ

काठमाडौँ– वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी ग्रीस पठाइदिन्छु भन्दै

मकवानपुरको मनहरीमा प्रहरी र लागूऔषध सेवनकर्ताबीच झडप

बागमती– मकवानपुरको मनहरी गाउँपालिका–१ मकरीमा लागूऔषध सेवनकर्ताले आक्रमण गर्दा एक

आरनको भरमा लुहार दम्पतीको जीविका

कञ्चनपुर– बझाङको बुँगलबाट डेढ वर्षअघि कञ्चनपुर झरेका ५६ वर्षीय शङ्कर

नयाँ सरकारको प्राथमिकतामा वातावरण र जलवायु हुनुपर्छ: नेता गुरुङ

काठमाडौँ – नेपाली कांग्रेसका नेता कल्याण गुरुङले मुलुकमा अब बन्ने

खाडी तनावले नेपाली श्रमिक त्रासमा छन् : शंकर पोखरेल

काठमाडौँ – नेकपा (एमाले) का महासचिव शंकर पोखरेलले खाडी क्षेत्रमा