यी खानेकुराले बनाउँछ कपाल सुन्दर र मजबुत « Khabarhub

यी खानेकुराले बनाउँछ कपाल सुन्दर र मजबुत


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

अरुको सुन्दर कपाल देख्दा लोभिने धेरै हुन्छन् । आफ्नो कपालसँग तुलना गर्दै मुख अमिलाउने पनि भेटिन्छन् ।

उनीहरुले सुन्दर कपालको चाहना राखेपनि कसुरी कपालको सुरक्षा गर्ने ? सुन्दर कपाल बनाउन के कस्ता खानेकुरा खाने भन्ने विषयमा ध्यान दिएको पाइँदैन ।

आज हामीले के कस्ता खानेकुराले कपाल सुन्दर र मजबुत बनाउँछ भन्ने विषयमा चर्चा गरेका छौं ।

कपाल लामो र सुन्दर बनाउन मानिसहरुले विभिन्न औषधी सेबन गर्छन्, तर खानपिनमा त्यति ध्यान दिँदैनन् । खानपिनकै कारण कपाल मजबुत र सुन्दर बन्छ भन्ने कुरा ध्यान दिनुपर्ने चिकित्सकहरु बताउँछन् ।

आल्मोन्डः नियमित आल्मोन्ड (बदाम) खाँदा कपाल बृद्धि गर्छ । आलमोन्डले छाललाई जोगाउने मात्र होइन यसमा हुने केराटिन नाम गरेको तत्वले कपाललाई मजबुत समेत बनाउँछ ।

सागपातः  कपाललाई मजबुत र सुन्दर बनाउन मेथाईसल्फनीमिथेन (एमएसएम) नामक तत्व चाहिन्छ । एमएसएमलाई अर्गानिक सल्फर पनि भनिन्छ, जुन केराटिनको विकासको लागि महत्वपूर्ण मानिन्छ ।

एभोकाडोः कपाल बृद्धि र झर्नबाट रोक्न एभोकाडो महत्वपूर्ण मानिन्छ । एभोकाडोबाट प्राप्त हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई स्वस्थ र बलियो बनाउछ । एभोकाडोलाई थिचेर यसलाई स्याम्पुको रुपमा पनि प्रयोग गर्न सकिन्छ ।

साल्मोनः साल्मोनमा हुने ओमेगा ३ फ्याटी एसिडले कपाललाई सुन्दर र आर्कषक बनाउन ।

अन्डाः प्रोटिन अभावमा हाम्रो शरिरका अंगहरु बृद्धि हुँदैनन् । कपालको वृद्धिमा पनि यही लागू हुन्छ । अन्डा प्रोटिनमात्र होइन यसमा बायोटिन पनि हुन्छ, जसले कपाललाई बलियो र सुन्दर बनाउछ ।

गेडागुडीः गेडागुडीमा प्रशस्त मात्रामा आईरनको मात्रा हुन्छ । शरिरको रक्त प्रवाहमा आइरन महत्वपूर्ण मानिन्छ । आईरनले कपालको जरा मजबुत बनाउछ । नियमित गेडागुडी खाँदा कपाल झर्नबाट रोकिनुका साथै कपालको जरा बलियो हुन्छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ३० बजे

याङ्गोले ल्यायो लचिलो डेलिभरी सेवा

काठमाडौं– याङ्गो ग्रुपले याङ्गो एपमार्फत एक्सप्रेस र कार्गो डेलिभरी समाधान ‘याङ्गो

ह्याट्रिक गरेको क्षेत्र क्रिकेट कमेन्टेटरलाई छोडेर गगन किन ओर्लिए सर्लाही ?

काठमाडौं- नेपाली कांग्रेसका नवनिर्वाचित सभापति गगनकुमार थापा फागुन २१ गते

स्याङ्जामा ट्याक्टर दुर्घटना : दुई जनाको मृत्यु, चार घाइते

स्याङ्जा– स्याङ्जाको वालिङ नगरपालिका–७ चापाकोट सडकखण्डमा ट्याक्टर दुर्घटना हुँदा दुई

एमालेकी कान्छी उम्मेदवार अस्मिता थापाले दर्ता गराइन् मनोनयन

काठमाडौं- नेकपा एमालेकी सबैभन्दा कान्छी उम्मेदवार अस्मिता थापाले मनोनयन दर्ता

चितवन- २ मा रवि लामिछानेको उम्मेदवारी वारेसमार्फत दर्ता

चितवन– फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनका लागि राष्ट्रिय स्वतन्त्र