काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए « Khabarhub

काजमा रहेका थप ७ विशेषज्ञ चिकित्सक दरबन्दीमा फर्काइए


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


327
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सुगम क्षेत्रका अस्पतालमा काजमा कार्यरत विशेषज्ञ चिकित्सकहरूलाई उनीहरूको दरबन्दी भएको स्थानमा फर्काउने अभियानलाई निरन्तरता दिएको छ । 

मन्त्रालयले थप सात जना नवौँ र दशौँ तहका विशेषज्ञ चिकित्सकहरूको काज फिर्ता गर्ने निर्णय गरेको हो । स्वास्थ्य मन्त्री निशा मेहताको निर्देशनमा यसअघि साताको सुरुमा १४ जना चिकित्सकलाई फिर्ता पठाइएकोमा दोस्रो चरणमा थप चिकित्सकहरूलाई सम्बन्धित दरबन्दी भएका अस्पतालमा पठाउने निर्णय गरिएको मन्त्रालयले जनाएको छ । 

मन्त्रालयका अनुसार वर्षौँदेखि पहुँचका आधारमा काठमाडौं तथा अन्य सुगम क्षेत्रका अस्पतालमा कार्यरत चिकित्सकहरूलाई दुर्गम क्षेत्रका नागरिकलाई सेवा सुनिश्चित गर्न उनीहरूको वास्तविक दरबन्दीमा पठाइएको हो । यस पटकको निर्णयअनुसार कान्ति बाल अस्पताल, परोपकार प्रसूति तथा स्त्री रोग अस्पताल र वीर अस्पतालमा काजमा रहेका विशेषज्ञहरूलाई भेरी अस्पताल, पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, भरतपुर अस्पताल, नारायणी अस्पताल र गजेन्द्र नारायण सिंह अस्पतालमा फिर्ता पठाइएको छ ।

काज फिर्ता गरिएका सात जना विशेषज्ञ चिकित्सकमध्ये डा. दिनेश शिवाकोटी (वरिष्ठ कन्सल्टेण्ट डर्माटोलोजिष्ट) लाई कान्ति बाल अस्पतालबाट भेरी अस्पताल नेपालगञ्ज, डा.चुनु दर्नाल (कन्सल्टेण्ट इ.एन.टी सर्जन)लाई भरतपुर अस्पतालबाट पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान, डा. प्रमोद कट्टेल (वरिष्ठ कन्सल्टेण्ट अब्स्ट्रेट्रिक्स तथा गाइनोकोलोजिष्ट) लाई परोपकार प्रसूति अस्पतालबाट पोखरा प्रतिष्ठान पठाइएको छ । 

त्यस्तै डा. सोहनी बज्राचार्य (कन्सल्टेण्ट माइक्रोबायोलोजिष्ट) लाई राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालाबाट पोखरा प्रतिष्ठान, डा. श्याम किशोर चौधरी (कन्सल्टेण्ट ओरल तथा म्याक्जिलो फेसियल सर्जन) लाई वीर अस्पतालबाट भरतपुर अस्पताल, डा. दिवस सापकोटा (कन्सल्टेण्ट रेडियोलोजिष्ट) लाई भरतपुर अस्पतालबाट नारायणी अस्पताल, र डा. रन्जु पोखरेल (कन्सल्टेण्ट डर्माटोलोजिष्ट) लाई पोखरा प्रतिष्ठानबाट गजेन्द्र नारायण सिंह अस्पताल राजविराजमा खटाइएको छ ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ३ : २८ बजे

भोलि प्रस्तावित प्रधानन्यायाधीशको सुनुवाइ

काठमाडौं । भोलि मंगलबार सर्वाेच्च अदालतका प्रस्तावित प्रधानन्यायाधीशको संसदीय सुनुवाइ

इरानलाई ट्रम्पको चेतावनी : समय घर्किँदै छ, छिटो अघि बढ्नु राम्रो

वासिङ्टन – युद्ध अन्त्यका लागि गरिएको वार्ता ठप्प भएपछि अमेरिकी

साउदीमा आठ हजार पाकिस्तानी सेना र लडाकु विमान तैनाथ

काठमाडौं । पाकिस्तानले साउदी अरबमा लडाकु विमानसहित ठूलो संख्यामा सैनिक

पारा तेक्वान्दो टोली मंगोलिया जाँदै

काठमाडौं । आईची–नागोया एसियाली पारा तेक्वान्दोको छनोट तथा ११औँ एसियाली

आईपीएल : हैदराबादलाई चेन्नईले दियो १८१ रनको लक्ष्य

काठमाडौं – इन्डियन प्रिमियर लिग (आईपीएल) २०२६ को ६३औँ खेलमा