सुगर निको पार्न जामुन अचुक औषधि, कसरी प्रयोग गर्ने ? « Khabarhub

सुगर निको पार्न जामुन अचुक औषधि, कसरी प्रयोग गर्ने ?


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


9
Shares
  • change font
  • change font
  • change font

मानिसको व्यस्त जीवनशैली र अस्वस्थ्य खानपानका कारण मानिसमा विभिन्न रोगहरु लाग्ने गरेको पाइन्छ । यस्ता रोगहरु बढ्नुमा मानिसको विलाशी जीवनशैली व्यायामको कमी लगायतका कारण हुन्छन् ।

मधुमेह, हर्ट अट्याक, किड्नी सम्बन्धी रोगीको संख्या पछिल्ला दिनमा बढीरहेको छ । रोगलागेपछि विभिन्न औषधिहरुको प्रयोग गरिन्छ । तर, यस्ता रोग लागेको खण्डमा प्राकृतिक रुपमा पाइने केही खाद्य पदार्थहरुको प्रयोगले त्यस्ता रोग निको पार्न सकिन्छ । यस विषयमा हामीले केही जानकारी दिएका छौं ।

मधुमेह भएका विरामीका लागि जामुन अत्यन्त फाइदाजनक हुन्छ । यसले मधुमेहलाई पूर्ण रुपमा नियन्त्रणमा लिने आयुर्वेदको दाबी छ ।

जामुनको बाहिरी बोक्रा निकाल्नुहोस् र भित्रको वियालाई पिनेर धुलो बनाउनुहोस् । त्यसपछि उक्त पाउडर हल्का तातो पानीमा मिसाएर दैनिक पिउनुस्  । यसले मधुमेहका रोगीलाई निकै फाइदा पुग्ने बताइन्छ । त्यस्तै अपचमा पनि यो अचुक उपचार हुन्छ ।

जामुनको रुखको बोक्रालाई केही घण्टा पानीमा भिजएर राख्ने र त्यसको सरमा मह मिसाएर विहान बेलुका पिएको खण्डमा पायल्स रोग समेत निको हुन्छ । मधुमेह भएका मानिसले जामुनलाई औषधीको रुपमा प्रयोग गर्दा फाइदा हुन्छ । यसलाई आफ्नो खानमा नियमित रुपमा खादा निकै फाइदा हुन्छ । जामुनको फमा पाइने केही रसायले रगतमा सुगर लेवलको नियन्त्रण गर्न धेरै काम गर्छ ।

मौसमी फल भएको कारण यो सधैँ पाउन सकिँदैन । तर यसोका वियाको प्रयोग तपाईले सधै गर्न सक्नु हुनेछ । जसको प्रयोगले तपाईको मधुमेह पूर्ण रुपमा नियन्त्रणमा आउन सक्ने छ । आयुर्वेदमा जामुनको वियालाई कयौं औषधीको रुपमा प्रयोग गरिएको पाइन्छ । जसमध्ये एक मधुमेहको उपचार पनि हो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ७ : ५८ बजे

ओलीले टिकट नदिएका नेताहरू एमाले उम्मेदवारसँगै खटिए चुनावी मैदानमा

काठमाडौं- एघारौँ महाधिवेशनमा आफूलाई चुनौती दिएपछि अध्यक्षक केपी शर्मा ओलीले

सुधन गुरुङले गरे गोरखा क्षेत्र नम्बर १ बाट उम्मेदवारी दर्ता

काठमाडौं– जेन-जी अगुवा सुधन गुरुङले रास्वपाबाट उम्मेदवारी दर्ता गराएका छन् ।

सुनसरी-४ मा ज्ञानेन्द्र कार्कीले गराए उम्मेदवारी दर्ता

काठमाडौं- नेपाली कांग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले उम्मेदवारी दर्ता गराएका छन्

काठमाडौं–२ बाट कुन्ती पोखरेलको उम्मेदवारी

काठमाडौं – काठमाडौं–२ बाट राष्ट्रिय प्रजातन्त्र पार्टीकी कुन्ती पोखरेलले प्रतिनिधिसभा

नेमकिपाको गढ भक्तपुर १ मा एमालेका मिश्रले गरे मनोनयन दर्ता

भक्तपुर- भक्तपुर क्षेत्र नम्बर १ बाट नेकपा (एमाले) का उम्मेदवार