मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस् « Khabarhub

मधेशका सांसद्‍लाई प्रधानमन्त्रीले भने- आफ्नो क्षेत्रका समस्या ह्वाट्सएपमार्फत् तत्कालै पठाउनुस्


१८ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


249
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– प्रतिनिधिसभाका सदस्यहरूले आफ्नो निर्वाचन क्षेत्रका समस्याका बारेमा तत्कालै प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गरिने भएको छ । 

बुधबार सिंहदरबारमा मधेश प्रदेशबाट प्रतिनिधित्व गर्ने सांसदहरुसंगको छलफलका क्रममा प्रधानमन्त्री बालेन्द्र शाहले आफ्नो प्रदेशको ह्वाट्सएप ग्रुपमार्फत सांसदहरूले निर्वाचन क्षेत्रको समस्या तत्काल प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयलाई जानकारी गराउन सक्ने व्यवस्था गर्न लागिएको जानकारी दिएका हुन् । 

निर्वाचन क्षेत्रमा देखिएका समस्याका बारेमा सांसदहरूले सहज रुपमा सरकारलाई जानकारी गराउन यस्तो व्यवस्था हुन लागेको छलफलपछि रास्वपाका सांसद मनिष झाले जानकारी दिए ।

छलफलका क्रममा मधेश प्रदेशबाट निर्वाचित सांसदहरूले आफ्नो क्षेत्रको तत्कालीन र दीर्घकालीन समस्याका बारेमा प्रधानमन्त्रीलाई जानकारी गराएको उनले बताए ।

सांसद झाले आफूले रेडक्रसका समितिहरू भ्रष्टाचारको अखडा बनेकाले सबै समिति विघटन गर्दै छानबिनको दायरामा ल्याउन आफूले आग्रह गरेको जानकारी दिए ।

त्यसैगरि सांसदहरूले मधेश प्रदेशमा सेवा प्रवाहहरुलाई नागरिकमैत्री बनाउन समेत आग्रह गरेका थिए । प्रधानमन्त्री शाहले निर्वाचन क्षेत्रका समस्याका बारेमा सांसदहरुसँग प्रदेश–प्रदेश समूह बनाएर छलफल गरिरहेका छन् ।

प्रकाशित मिति : १८ चैत्र २०८२, बुधबार  ४ : ५३ बजे

इरानको मिसाइल आक्रमणबाट कतारको ट्याङ्करमा क्षति

दोहा – कतारको सरकारी स्वामित्वमा रहेको ऊर्जा कम्पनीको एक ट्याङ्करमा

नसर्ने रोग पहिचान गर्न लालझाडीमा एकमहिने अभियान

कञ्चनपुर – लालझाडी गाउँपालिकाले नसर्ने रोगको पहिचान तथा समयमै उपचारका

अब मालपोत र नापीमा बिचौलिया निषेध, सेवाग्राहीलाई सहज 

काठमाडौं– भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयले भूमिसँग सम्बन्धित

ओलीको स्वास्थ्य अवस्था : पत्थरीको शल्यक्रिया गर्न दिए सहमति, परीक्षण रिपोर्ट कुर्दै चिकित्सक

काठमाडौं– ज्यान कसुरसम्बन्धी मुद्दामा गत शनिनबार भक्तपुरको गुन्डुबाट पक्राउ परेका