शिवरात्रि– भगवान शिवले किन खाए गाँजा, भाङ ? « Khabarhub

शिवरात्रि– भगवान शिवले किन खाए गाँजा, भाङ ?


१८ फाल्गुन २०७५, शनिबार  

पढ्न लाग्ने समय : 2 मिनेट


15
Shares
  • change font
  • change font
  • change font

शुक्रबार हिन्दूधर्मावलम्बीहरुले महाशिवरात्रि पर्व मनाउँदैछन् । शिवभक्तहरु भगवान शिवको पूजा, आराधना र उपाशनाका लागि शिव मन्दिरहरुमा जाने गर्छन् ।

शिवका केही भक्त भने महाशिवरात्रीलाई गाँजा, भाङ, धतुरो लगायतका नशा सेवनको पर्वको रुपमा लिन्छन् ।

शिवरात्रि नशा सेवनको पर्व हो त ? प्रश्न उठ्ने गरेको छ । धर्मशास्त्रहरुका अनुसार शिवरात्रि शिव भगवानको उपासना र आराधनाको लागि महत्त्वपूर्ण पर्व हो । शिव भगवानलाई खुसी पार्न र आफ्ना मनोकामना पूरा गर्न यो पर्व मनाउनुपर्ने मत रहेको छ ।

तर, महाशिवरात्रिमा पशुपति लगायत शिवमन्दिरहरुमा गाँजा, भाङ धतुरो लगायतका नशाको सेवन खुलमखुल्ला रुपमा हुने गरेको छ । यसलाई सबैले सामान्य रुपमा लिने गर्छन् ।

तर प्रश्न उठ्छ, भगवान शिवले नसाको प्रयोग किन गरे ? त्यसको तत्व नबुझी नशाको प्रयोगलाई प्रश्रय दिनु उपयुक्त होला त ? यसका लागि भगवानले किन नशाको सेवन गर्नुभयो भन्ने कुरा थाहा पाउन जरुरी छ । त्यसका लागि धर्मशास्त्रहरुको अध्ययन गर्न जरुरी छ । यहाँ हामी गाजा, भाङ, धतुरो लगायतको प्रयोग भगवान शिव जीले किन गर्नुभयो भन्ने कुराको धार्मिक मान्यता प्रस्तुत गर्न गइरहेका छौं ।

भगवान शिव ध्यान मुद्रामा बस्नुहुन्छ । हिमालयमा ध्यान मुद्रामा बसेका शिवले ध्यानलाई भंगहुन नदिन र एकाग्र बनाउनका लागि नशा सेवन गरेको मान्यता छ ।

वेदको मत अनुसार समुन्द्र मन्थनका क्रममा एक थोपा मद्र पर्वतमा खस्यो । त्यसबाट एक रुख उम्रियो । यो रुखको एक रस देवताहरले निकै मनपराए । पछि भगवान शिवले यसलाई हिमालयमा लिएर आए किनकी सबैले यसलाई सेवन गर्न सकुन् ।

पुराणका अनुसार समुद्र मन्थनको समयमा अमृतसँगै विष निस्किएको थियो । अमृत त देवताहरुले पिए तर बाँकी रहेको विष कसले पिउने समस्या पर्‍यो । उक्त विष एक थोपा मात्र पनि जमिनमा वा पृथ्विमा खसेको खण्डमा प्रलय हुने थियो । त्यसपछि देवताहरुले भगवान शिवको आराधना गरे ।

विष शिवजी पिउन तयार भए, र विष पिए पनि । विष पिउनै लाग्दा छेउमा रहेकी पार्वतीले विष पेटमा नपुगोस् भन्नका लागि भगवान शिवको घाँटी समातिन् र विष भगवान शिवको कण्ठ(घाँटी) मा अड्कियो । त्यसैले भगवान शिवलाई निलकण्ठ पनि भन्ने गरियो ।

विष सेवन गरेपछि भगवान शिवलाई निकै समस्या पर्यो । विषको गर्मीलाई सहन गर्न भगवान शिव कैलाश पर्वत गए । तर पनि उनको पीडा कम भएन त्यसपछि उनको पीडा भुलाउनका लागि देवताहरुले नशाको खोजी गरे र भाङ, धतुरो, गाजाको सेवन गरेपछि भगवान शिवलाई केही राहत भयो ।

प्रकाशित मिति : १८ फाल्गुन २०७५, शनिबार  ३ : ३० बजे

दक्षिण अफ्रिकाको छात्रावासमा गोली चल्दा ११ जनाको मृत्यु

एजेन्सी– बन्दुकधारीहरूले शनिबार दक्षिण अफ्रिकाको राजधानी प्रिटोरिया स्थित एक छात्रावासमा

पुराना दल सकिए वा सकिन्छन् भन्ने नसोच्न ओलीको आग्रह

कठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पुराना दल सकिए

अबको निर्वाचनमा एमाले बहुमतका साथ फर्किने छ : ओली

काठमाडौं– नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले शान्तिपूर्ण, भयरहित र

अफगानिस्तान-पाकिस्तान सीमामा भएको झडपमा चार जनाको मृत्यु

एजेन्सी– गत अक्टोबरमा भएको घातक झडप पछिको पछिल्लो पाकिस्तान–अफगानिस्तानको मुख्य

नेपालले आँखा उपचारमा गुणस्तरीय सेवा दिँदै आएको छ : प्रथम राष्ट्रपति यादव

वीरगञ्ज– नेपालका प्रथम राष्ट्रपति डा रामवरण यादवले नेपालले आँखा उपचारमा