पक्राउ परे व्यवसायी दीपक भट्ट « Khabarhub

पक्राउ परे व्यवसायी दीपक भट्ट


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


339
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रहरीले व्यवसायी दीपक भट्टलाई बिहीबार दिउँसो पक्राउ गरेको छ।

उनलाई नेपाल प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को टोलीले नक्सालबाट पक्राउ गरेको हो ।

सीआईबी प्रवक्ता एवम् एसएसपी शिवकुमार श्रेष्ठले भट्ट पक्राउ परेको पुष्टि खबरहबलाई गरेका छन् ।

बालेन्द्र शाह नेतृत्वको सरकारले व्यवसायी दीपक भट्टलाई चैत १६ गते अध्यागमनको कालोसूचीमा राखेको थियो। यससँगै सरकारले उनको राहदानी पनि रोक्का गरिदिएको थियो ।

गत शुक्रबार राष्ट्रिय स्वतन्त्र पार्टीका वरिष्ठ नेता बालेन्द्रको नेतृत्वमा करिब दुईतिहाइ नजिकको शक्तिशाली सरकार बनेसँगै सम्पत्ति शुद्धीकरण कसुरमा कयौँमाथि छानबिन अघि बढेको थियो ।

सरकारले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली, पुष्पकमल दाहाल प्रचण्ड, शेरबहादुर देउवा र माधवकुमार नेपालसहितमाथि सम्पत्ति शुद्धीकरण कसुरमा छानबिन थालेको थियो।

त्यही छानबिनका क्रममा पहिलो चरणमा कम्तीमा पनि डेढ सयजनामाथि सरकारले सम्पत्ति शुद्धीकरण कसुर लगाउने तयारी गरेको छ।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  २ : ५९ बजे

अस्पतालको बेडमै सेलिब्रेटीको ‘सेल्फी’ होड

काठमाडाैँ- ‘घरमा भएकी आमाले थाहा पाएकी हुन्नन्’ सन्तानले फेसबुकमा मातातीर्थ

गुणस्तरहीन खाद्यान्न उत्पादन र बिक्री गर्ने ६२ उद्योगी व्यापारीविरुद्ध मुद्दा दायर

जनकपुरधाम– गुणस्तरहीन खाद्य पदार्थ उत्पादन तथा बिक्री गरेको आरोपमा मधेस

दाङमा ट्राफिक प्रहरीबाट एक वर्षमा एक करोड ५० लाख बढी राजश्व सङ्कलन

दाङ– ट्राफिक प्रहरी कार्यालय दाङले वितेको आर्थिक वर्ष २०८२–०८३मा ट्राफिक

इच्छाकामना गाउँपालिकाका ३४ परिवारलाई जग्गाधनी प्रमाणपत्र वितरण

चितवन– चितवनको इच्छाकामना गाउँपालिका–७ भालुवाङ्स्थित सुन्दरबस्तिको सङ्गमटोलका ३४ घर परिवारलाई

आन्तरिक राजस्व कार्यालय विराटनगरबाट दश अर्ब राजस्व सङ्कलन

विराटनगर– आन्तरिक राजस्व कार्यालय विराटनगरले आर्थिक वर्ष २०८२–८३ मा १०