कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ? « Khabarhub

कांग्रेसले संसद्‍मा सोध्यो : जेन-जीका नाममा सिंहदरबार र संसद् भवन किन जलाइयो ?


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेपाली कांग्रेसका सांसद भीष्मराज आङ्देम्बेले गत भदौ २३ र २४ गते भएको जेन-जी आन्दोलनका घटनाबारे गौरीबहादुर कार्की नेतृत्वको जाँचबुझ आयोगको प्रतिवेदनको कार्यान्वयनबारे प्रश्न उठाएका छन् ।

आङ्देम्बेले प्रधानमन्त्री बालेन शाहलाई सम्बोधन गर्दै यस्तो प्रश्न उठाएका हुन् ।

‘जाँचबुझ आयोगको प्रतिवेदन स्वयं सरकारले सार्वजनिक गर्ने कि सरकारले गोरखापत्रमै पढ्ने ? सरकारले सुझबुझपुर्ण ढंगले कानुन र प्रक्रियाको मर्यादा राखेर आफूलाई प्रस्तुत गरोस्। कांग्रेस दोषी कोही उम्किनुहुन्न, निर्दोष कोही फस्नुहुँदैन भन्ने मान्यता आज पनि प्रष्ट र दृढ छ’, उनले भने।

सांसद आङ्देम्बेले संसद भवन र सिंहदरबार जस्ता संरचनामा भएको क्षतिको विषयमा पनि ध्यानाकर्षण गराए।

‘किन संसद् भवन जल्यो? किन सिंहदरबार ध्वस्त बनाइयो ? भौतिक संरचनामा भएको विनाशलाई एउटै दृष्टिले हेर्नु जरूरी छ। २३ र २४ गतेको घटनालाई अलग–अलग हेर्ने प्रवृत्ति गलत छ’, उनले भने, ’जाँचबुझ आयोगले २३ गतेको घटनाको अनुसन्धान गर्‍यो, कारबाहीको सिफारिस पनि गर्‍यो, तर २४ गतेको त अनुसन्धान पूरा भएन। समय थप्ने बहाना मात्र पर्याप्त छैन ।’

उनले संविधानविपरीत काम भएमा कांग्रेसले चेतावनीसहित उभिने बताए । ‘बितेका ७५ वर्ष कुनै प्रधानमन्त्रीले लगातार ५ वर्ष शासन गर्न सकेनन्। नयाँ प्रधानमन्त्रीको नियत सकारात्मक हो भन्ने आशा राख्दै हामी उनको पूरा कार्यकालमा सहयोग गर्नेछौँ। तर संविधान र नागरिक अपेक्षाविपरीत कुनै काम भए हामी सचेत भएर प्रतिरोध गर्न तयार छौं,’ आङ्देम्बेले भने।

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ३ : ३२ बजे

सन्दीपले चार र शेरले तीन विकट लिएको खेलमा नेपाललाई हङङकले दियो २६२ रनको चुनौतीपूर्ण लक्ष्य

काठमाडौँ – एसियन क्रिकेट काउन्सिल (एसिसी) प्रिमियर कप अन्तर्गत समूह

गुमेको दृष्टि फर्किँदा…

कपिलवस्तु– लामो समयदेखि दृष्टि गुमाएका महाराजगन्ज नगरपालिका–११ चौहठ्ठाका थानेदार चौधरीले

हार नमानेको भाटभटेनी, एक वर्षमै फर्कियो पुरानै लयमा (तस्बिरहरू)

काठमाडौं– जेन–जी आन्दोलनमा प्रदर्शनकारीको प्रमुख निशानामा परेको व्यावसायिक प्रतिष्ठान भाटभटेनी सुपरमार्केट

एक सय ६२ किलो गाँजासहित मकवानपुरबाट दुईजना पक्राउ

हेटौँडा– मकवानपुरको मनहरी गाउँपालिका–९ खरङ्गामा राक्सिराङको भावर हुँदै आउँदै गरेको

सडक विस्तारसँगै सवारी चाप उच्च 

दमौली– पृथ्वीराजमार्गले देशका ठूला सहर जोड्ने भएकाले तनहुँ हुँदै दैनिक हजारौँ