भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन « Khabarhub

भ्रष्टाचार नियन्त्रणमा कडाइ गर्न मुख्यसचिवको निर्देशन


१९ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


204
Shares
  • change font
  • change font
  • change font

काठमाडौं–  प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले बढ्दो भ्रष्टाचारलाई प्रभावकारी रुपमा नियन्त्रण गर्दै सुशासन प्रवर्द्धनलाई उच्च प्राथमिकतामा राख्न निर्देशन जारी गरेको छ ।

नेपाल सरकारका मुख्यसचिव सुमनराज अर्यालले सबै मन्त्रालय, आयोग र कार्यालयका सचिवलाई पत्राचार गर्दै सेवा प्रवाह, विकास निर्माण, राजस्व प्रशासन र खरिद प्रक्रियामा हुने भ्रष्टाचार तथा अनियमितता नियन्त्रण गर्न निर्देशन दिएका हुन् । 

प्रधानमन्त्रीमा वालेन्द्र शाहले कार्यभार सम्हालेसँगै मन्त्रिपरिषद् बैठकबाट पारित एक सय कार्ययोजना समावेश भएको सुशासनको मार्गचित्रका आधारमा नागरिकले अनुभूति गर्ने स्तरमा सुशासन र सदाचार कायम गर्ने गरी सबै निकायले आवश्यक पहलकदमी लिन आवश्यक भएको पत्रमा उल्लेख छ ।  
      
सार्वजनिक निकायहरूमा हुने नीतिगत, संस्थागत तथा प्रक्रियागत भ्रष्टाचार अन्त्य गर्ने सरकारको प्राथमिकतालाई विशेष ध्यान दिन आग्रह गरिएको छ । पत्रमा सार्वजनिक पदको दुरुपयोग रोक्दै पारदर्शिता, तटस्थता र आचारसंहिताको कडाइका साथ पालना, कर्मचारीलाई दक्ष र सदाचारयुक्त बनाउन तथा नागरिकमैत्री सेवा दिन जोड दिइएको छ । 

यस्तै, महिला, बालबालिका, ज्येष्ठ नागरिक र कमजोर वर्गलाई सार्वजनिक सेवा प्रवाहमा प्राथमिकता दिनुपर्ने पत्रमा उल्लेख छ । निर्देशनमा भ्रष्टाचार नियन्त्रणका लागि निगरानी बढाउने, छड्के जाँच गर्ने, अनियमितता भेटिए तुरुन्त कारबाही गर्ने र कार्यालय प्रमुखलाई जिम्मेवार बनाइने पत्रमा उल्लेख छ । 

प्रकाशित मिति : १९ चैत्र २०८२, बिहीबार  ६ : १९ बजे

फेरि बढ्यो डिजेल र पेट्रोलको मूल्य (सूचीसहित)

काठमाडौं – इन्धनको मूल्यमा फेरि वृद्धि गरिएको छ। नेपाल आयल

व्यापारी भट्टमाथि १० दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

काठमाडौं – जिल्ला अदालतले सम्पत्ति शुद्धिकरण कसुरमा व्यापारी दीपक भट्टमाथि

संविधान निर्माण गरेका शक्तिहरु एकताबद्ध हुनुपर्छ : संयोजक दाहाल

काठमाडौं – नेपाली कम्युनिष्ट पार्टीका संयोजक एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल

सभामुख र उपाध्यक्षको निर्वाचन कार्यतालिका सार्वजनिक

काठमाडौं – सङ्घीय संसद् सचिवालयले यही चैत २२ गते आइतबार

मध्यपूर्व युद्ध अन्त्यका लागि थप प्रयास गर्न रूसी राष्ट्रपति पुटिन र साउदी राजकुमारबिच टेलिफोन वार्ता

मस्को – रुसी राष्ट्रपति भ्लादिमिर पुटिनले बिहीबार साउदी राजकुमार मोहम्मद