प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड | Khabarhub Khabarhub

प्रदेश प्रमुखको परिवर्तन धेरै ठूलो विषय हैन– प्रचण्ड


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल (प्रचण्ड)ले सरकारलाई अहिले उचित लागेका कारण प्रदेश प्रमुखहरु फेरिएको बताएका छन् ।

मंगलबार नेपालगञ्जको बाँकेमा सञ्चारकर्मीसँग बोल्दै अध्यक्ष प्रचण्डले आफूहरु उदार भएकै कारण नेपाली कांग्रेस नेतृत्वको तत्कालीन सरकारले नियुक्त गरेका प्रदेश प्रमुखहरुलाई २ वर्षसम्म काम गर्न दिइएको पनि बताए ।

‘हाम्रो पार्टी अलि उदार र लचिलो भएको हुनाले र कसैलाई चित्त नदुखोस भनेर उहाँहरुलाई २ वर्षसम्म काम गर्न दिइयो,’ अध्यक्ष प्रचण्डले भने, ‘अहिले फेर्न उचित लागेका कारण फेरिएको हो । यो सरकारको क्षेत्राधिकार भित्रको कुरा हो । यसलाई धेरै ठूलो ठान्नुपर्ने विषय नै होइन ।’

प्रदेश प्रमुखहरु केन्द्र सरकारको प्रतिनिधिका रुपमा रहने भएका कारण केन्द्र सरकारले आफ्नो उपयुक्तता हेरेर नियुक्ति गर्ने पनि प्रचण्डको भनाइ थियो । ‘कतिपय देशमा यस्तो पदमा भएका व्यक्तिले सरकार परिवर्तन भएपछि नैतिकताका आधारमा आफैं राजीनामा दिन्छन्,’ अध्यक्ष प्रचण्डले भने ।

अध्यक्ष प्रचण्डले प्रदेश प्रमुखको नियुक्तका लागि सिफारिस गर्ने निर्णयमा पार्टीका नेता माधव कुमार नेपालले ‘नोट अफ डिसेन्ट’ लेख्नु सामान्य विषय भएको समेत बताए ।

‘माधवजीले एक–दुई जनाको नाम प्रस्ताव गर्नुभएको थियो । उहाँले त्यसमा जोड पनि दिनुभएको थियो,’ प्रचण्डले भने, ‘त्यो नभएपछि चित्त नबुझ्नु स्वभाविक हो । चित्त नबुझेर उहाँले असहमति जनाउनुभएको हो । मान्दिन भनेर विरोध गर्नुभएको हैन ।’

प्रदेश प्रमुखहरु परिवर्तनका सन्दर्भमा सत्ता साझेदार समाजवादी पार्टीसँग पनि छलफल गरिएको प्रचण्डको भनाइ थियो ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ०९ बजे

सुमनाले छाडेपछि तोसिमा र गणेश पनि रास्वपाबाट बाहिरिन तम्तयार

काठमाडौँ- राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तथा पूर्व शिक्षामन्त्री सुमना श्रेष्ठले

असोज ३ बाट ‘जारी २’ सर्ने पक्का, उपेन्द्र भन्छन्- दशैँ वा तिहार पुग्छ

काठमाडौं – जेन-जी आन्दोलनले देशमा नयाँ परिस्थिति विकास गरेका कारण

कास्की, चितवन र म्याग्दी कारागारबाट फरार आठ कैदीबन्दी पक्राउ

ढोरपाटन– जिल्ला प्रहरी कार्यालय बागलुङले विभिन्न कारागार र बालसुधारगृहबाट फरार

बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा एक लाख ५० हजार सहभागी

काठमाडौं– बेलायतको राजधानी लण्डनमा आयोजित प्रदर्शनमा १ लाख ५० हजारभन्दा

जेनजी प्रदर्शनका कारण रोकिएका सार्वजनिक यातायात सञ्चालन गरिने

काठमाडौं– यही भदौ २३ र २४ गतेको ‘जेनजी’ प्रदर्शनपछि सिर्जित