एकैफटक प्रहरीका ७ वटा भवन निर्माणाधीन « Khabarhub

एकैफटक प्रहरीका ७ वटा भवन निर्माणाधीन


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०/२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट ३ करोड ९० लाख ७ हजार ६ सय ७२ रुपैयाँको लगानीमा निर्माण शुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्क भूकम्प प्राधिकरण कोषको ३ करोड १५ लाख ९१ हजार १ सय ५१, मात्तिमबिर्ता साकेला गाउँपालिकाको १५ लाख, प्रहरी चौकी देवीस्थान भूकम्प प्राधिकरण कोषको १ करोड ७९ लाख २८ हजार ३ सय ३१, रतन्छा प्रदेश सरकारको १ करोड ७९ लाख ३६ हजार ३ सय २४, च्यास्मिटार प्रदेश सरकारको १ करोड ६४ लाख ४८ हजार ९ सय ८३ र बुइपा प्रदेश सरकारकै १ करोड ७९ लाख २२ हजार ७ सय ९९ लागतमा निर्माण भइरहेका छन् ।

चार अस्थायीसहित ३५ प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम शुरु हुने जनाइएको छ ।

तीनवटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिए । २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ३२ बजे

संसद लगत्तै रास्वपा संसदीय दलको बैठक

काठमाडौं- संसद बैठक सकिएलगत्तै बिहीबार राष्ट्रिय स्वतन्त्र पार्टीको संसदीय दलको

एमालेले ओली-लेखकको मुद्दा उठाउँदा कांग्रेस र अन्य प्रतिपक्षी मौन

काठमाडौं- नेकपा एमालेले बिहीबार सुरू भएको दुवै सदनको बैठकमा नेकपा

शिक्षा क्षेत्रलाई प्रभावकारी बनाउन महावीर पुनले गराए सरकारको ध्यानाकर्षण

काठमाडौं– प्रतिनिधिसभाका स्वतन्त्र सांसद महावीर पुनले नेपालको शिक्षा क्षेत्रलाई प्रभावकारी

राष्ट्रियसभा बैठक : कामका आधारमा सरकारको मूल्यांकन गरिने

काठमाडौं– राष्ट्रियसभाको आजको बैठकमा सांसदहरुले नव गठित सरकारलाई रचनात्मक सहयोग

रामबहादुरले टिओबीको नाम लिँदा गृहमन्त्री गुरुङ डराएझैँ गरेर रिसाए ?

काठमाडौं– एमाले उपाध्यक्ष रामबहादुर थापाले संसदमा टिओबीको नाम लिँदा गृहमन्त्री