एकैफटक प्रहरीका ७ वटा भवन निर्माणाधीन | Khabarhub Khabarhub

एकैफटक प्रहरीका ७ वटा भवन निर्माणाधीन


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

खोटाङ– खोटाङ जिल्लामा एकैसाथ सात ठाउँमा प्रहरी भवन निर्माण भइरहेका छन् । जिल्ला प्रहरी कार्यालयको आवासगृह, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क, मात्तिमबिर्ता, प्रहरी चौकी देवीस्थान, रतन्छा, च्यास्मिटार र बुइपाको कार्यालय भवन निर्माणाधीन अवस्थामा छन् ।

जिल्ला प्रहरी कार्यालयका प्रहरी निरीक्षक एवं प्रवक्ता आमोदकुमार खेरवारका अनुसार जिल्ला प्रहरी कार्यालयको आवासगृह ४८ प्रतिशत, इलाका प्रहरी कार्यालय ऐसेलुखर्क ६५ प्रतिशत, मात्तिमबिर्ता ७५ प्रतिशत, देवीस्थान ९५ प्रतिशत र रतन्छा, च्यास्मिटार र बुइपाको २०/२० प्रतिशत निर्माण सम्पन्न भएको छ । आवासगृह नेपाल सरकारको नियमित बजेट ३ करोड ९० लाख ७ हजार ६ सय ७२ रुपैयाँको लगानीमा निर्माण शुरु गरिएको हो ।

इलाका प्रहरी कार्यालय ऐसेलुखर्क भूकम्प प्राधिकरण कोषको ३ करोड १५ लाख ९१ हजार १ सय ५१, मात्तिमबिर्ता साकेला गाउँपालिकाको १५ लाख, प्रहरी चौकी देवीस्थान भूकम्प प्राधिकरण कोषको १ करोड ७९ लाख २८ हजार ३ सय ३१, रतन्छा प्रदेश सरकारको १ करोड ७९ लाख ३६ हजार ३ सय २४, च्यास्मिटार प्रदेश सरकारको १ करोड ६४ लाख ४८ हजार ९ सय ८३ र बुइपा प्रदेश सरकारकै १ करोड ७९ लाख २२ हजार ७ सय ९९ लागतमा निर्माण भइरहेका छन् ।

चार अस्थायीसहित ३५ प्रहरी बिट रहेको जिल्लामा इलाका प्रहरी कार्यालय बाक्सिला, प्रहरी चौकी वाप्लुखा र हुक्नाजोरका लागि आगामी आर्थिक वर्ष नयाँ भवन निर्माणको काम शुरु हुने जनाइएको छ ।

तीनवटै स्थानको प्रहरी भवन प्रदेश सरकारको लगानीमा निर्माण गरिने प्रहरी प्रवक्ता खेरवारले जानकारी दिए । २ नगरपालिका र ८ गाउँपालिका गरी १० स्थानीय तह रहेको जिल्लामा तालखर्क, याम्खा, भण्डारेघाट र हरमटारमा अस्थायी प्रहरी चौकी छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ११ : ३२ बजे

पूर्वी पृतनामा पृतनापति ट्रफी सुरु

इटहरी– नेपाली सेनाको पूर्वी पृतनाको आयोजनामा आजदेखि यहाँ ‘पृतनापति ट्रफी

अफगानिस्तानको तालिवान शासनलाई रूसको औपचारिक मान्यता

काठमाडौं– रूसले अफगानिस्तानको तालिवान शासनलाई औपचारिक रूपले मान्यता दिएको छ

बाग्मती प्रदेशसभामा आजदेखि बजेटमा छलफल हुँदै

वाग्मती– सत्तापक्ष र प्रतिपक्षबीच सहमति जुटेसँगै बाग्मती प्रदेशसभाको आज बिहान

एडीबीबाट ऋण नलिने हर्क साम्पाङको घोषणा 

सुनसरी– तीन दशकदेखि खानेपानीको अभाव झेलिरहेको धरान उपमहानगरपालिकाले विदेशी ऋण

चप्पल कारखाना सडक विस्तार सुस्त (तस्बिरहरू) 

काठमाडौं – चक्रपथ विस्तारको दोश्रो खण्ड अन्तर्गत महराजगञ्ज चप्पल कारखाना