इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त « Khabarhub

इरानको दाबी : अर्को एफ-३५ लडाकु विमान खसालियो, साउदी अरेबियाको बेसमा राडार विमान ध्वस्त


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


531
Shares
  • change font
  • change font
  • change font

तेहरान- इरानले अर्को अमेरिकी एफ-३५ लडाकु विमान खसालेको दाबी गरेको छ। यो जानकारी इस्लामिक रिभोल्युसनरी गार्ड कोर्प्स (आईआरजीसी)सँग सम्बन्धित फर्स न्यूज एजेन्सीको टेलिग्राम पोस्टमा दिइएको हो।

दाबीअनुसार उक्त लडाकु विमान इरानको आकाशमा उडिरहेको बेला लक्ष्य बनाएर खसालिएको हो। विमान पूर्ण रूपमा नष्ट भएको छ। त्यसमा रहेका पाइलटको अवस्थाबारे कुनै जानकारी प्राप्त भएको छैन ।

इरानको मेहर न्यूज एजेन्सीले पनि ठूलो विस्फोटका कारण पाइलट सुरक्षित रूपमा बाहिर निस्कन सक्ने सम्भावना निकै कम रहेको जनाएको छ। यसबारे अमेरिकी सेन्ट्रल कमाण्डले तत्काल कुनै प्रतिक्रिया दिएको छैन।

उता नयाँ स्याटेलाइट तस्वीरहरूले साउदी अरेबियाको प्रिन्स सुल्तान एयर बेसमा भएको इरानी हमलामा अमेरिकाको एक ई-३ सेन्ट्री विमान पूर्ण रूपमा नष्ट भएको देखाएका छन्।

एयरबसले उपलब्ध गराएर सीएनएनले प्राप्त गरेको २९ मार्चको तस्वीरमा विमानको बीच भाग गम्भीर रूपमा क्षतिग्रस्त देखिन्छ।

विमानको घुम्ने रडार डोम जमिनमा खसेको अवस्थामा देखिएको छ। क्षतिग्रस्त विमान वरिपरि धेरै सवारीसाधनहरू पनि देखिएका छन्।

तस्वीरमा आक्रमण भएको दुई दिनसम्म पनि विमानलाई सुरक्षित स्थानमा सारिएको नदेखिएको उल्लेख छ।

यस बाहेक, अन्य धेरै विमानहरू पनि खुला स्थानमा पार्क गरिएको देखिन्छन्, जसमा इन्धन भर्ने ट्यांकर विमान र ई-२ हवाकेई जस्ता निगरानी विमानहरू छन्। यो आक्रमण २७ मार्चमा भएको थियो, जसले एयर बेसमा ठूलो क्षति पुगेको थियो।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  १ : २४ बजे

भारतले धौलीगङ्गा बाँध खोल्ने, महाकाली तटीय क्षेत्रमा सतर्क रहन आग्रह

सुदूरपश्चिम : भारत उत्तराखण्ड प्रदेशको पिथौरागढ जिल्लामा रहेको धौलीगङ्गा जलविद्युत्

नारायणगढ–मुग्लिन सडक खण्डमा राति सवारीसाधन सञ्चालनमा रोक

चितवन । नारायणगढ–मुग्लिन सडकमा रातिको समयमा यातायात सेवा बन्द गरिएको

देवानगन्ज घटना: सद्भाव कायम राख्न मुख्यमन्त्री कार्कीको अपिल

काठमाडौँ । सुनसरीको कप्तानगन्जमा यही साउन १० गते भएको घटनाका

झापामा अर्को दुर्घटना कुर्दै गृह, सुधनको निर्देशनमा एसपी जोशी तानिएपछि सशस्त्रको गण १५ दिनदेखि निमित्तको भरमा

काठमाडौं- सुनसरीमा आइतबार राति दुई समुदायबीच झडप हुँदा सीमा क्षेत्रकोसमेत