प्रसूति गराउँदा शिशुको मृत्यु– आफन्तद्वार शव बुझ्न अस्वीकार | Khabarhub Khabarhub

प्रसूति गराउँदा शिशुको मृत्यु– आफन्तद्वार शव बुझ्न अस्वीकार


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात एउटा महिलाको प्रसुती गराउने क्रममा शिशुको मृत्यु भएको छ । अस्पतालको लापरवाहीका कारणा  शिशुको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

गोरखा आरुपोखरीकी ३५ वर्षिया ज्ञानुकुमारी कुँवरले सामान्य प्रसूति (नर्मल डेलिभरी) गराएको शिशु मृत भेटिएको हो ।

सोमबार प्रसूति गृहमा भर्ना भएकी कुँवरले मंगलबार विहान शिशु जन्माएकी थिइन् । शिशुको डेलीभरी गराउनुअघिको स्वास्थ्य परिक्षणमा अस्पतालले शिशुको अवस्था सामान्य भने पनि शिशु जन्मिएपछि मृत्यु भएको थियो । शिशुका आफन्तलले अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव लिन अस्वीकार गरेका हुन् ।

यता अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले भने गर्भमा रहँदा शिशुको अवस्था सामान्य भए पनि जन्मने क्रममा घाँटीमा नाल बेरिँदा मृत्यु भएको बताए ।

‘जन्मिने क्रममा घाँटीमा नाल बेरिएर जन्मिँदै मृत जन्मिएको हो, मैले रिपोर्टहरु राम्रोसँग हेरे, चिकित्सकको कुनै गल्ती छैन’ निर्देशक डा गौतामले खबरहबसँग भने, ‘सुत्केरीलाई व्यथा लाग्दासम्म सबै नर्मल थियो, तर जन्मिने क्रममा घाँटीमा नाल बेरिएर मृत्यु भयो, शिशु जीउँदो दिन सकेनौं ।’

निर्देशक डा गौतमले शिशुको मृत्यु हुनुमा अस्पतालको कुनै गल्ती नभएको दाबी गर्दै आफन्तले शव लिन नमानेमा प्रहरीको जिम्मा लगाउने बताए ।

७ प्रतिशत शिशुको घाँटीमा नाल बेरिएको हुन्छ !

अस्पतालका निर्देशक डाक्टर गौतमका अनुसार शिशु जन्मिने क्रममा घाँटीमा नाल बेरिने घटना अस्पतालमा जन्मिने ७ प्रतिशत शिशुमा हुन्छ । तर सबै अवस्थामा शिशुको मृत्यु भने हुँदैन ।

‘शिशु गर्भमा हुँदा त्यहि नालबाट खाना र अक्सिजन जाने हुन्छ, त्यो नालमा कहिलेकाँही गाँठो पनि परेको हुन्छ त्यस्तो, कसैको त्यो नाल घाँटीमा टाइट भएर बेरियो भने अक्सिजन शिशुमा सप्लाई हुँदैन र शिशुको मृत्यु हुन्छ,’ डा गौतमले भने, ‘यस्तो नाल बेरिएर जन्मिने शिशु ७ प्रतिशत हुन्छन्, तर टाइट नहुने गरी बेरिएको छ भने शिशुमा अक्सिजन पुग्छ र मृत्युको घटना हुँदैन ।’

अस्पतालमा जन्मिने शिशुहरुमध्ये ७ प्रतिशतमा नाल बेरिने भएपनि कतिको मृत्यु हुने गरेको छ भन्ने विषयमा भने कुनै तथ्यांक नराखेको डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : २७ बजे

दुनाटपरीको प्रयोग बढाउन प्रदेश प्रमुख भट्टको आग्रह

गण्डकी – गण्डकी प्रदेश प्रमुख डिल्लीराज भट्टले प्लास्टिकजन्य सामग्रीको विकल्पमा

स्थानीय तहमा अनावश्यक कर्मचारी नराख्न निर्देशन

काभ्रेपलाञ्चोक – अख्तियार दुरुपयोग अनुसन्धान आयोगका सचिव रामेश्वर दङ्गालले स्थानीय

‘मौरिस हर्गोज’ पदमार्गको प्रवर्द्धनका लागि म्याग्दीका जनप्रतिनिधिको पदयात्रा

म्याग्दी – म्याग्दीको अन्नपूर्ण गाउँपालिका–४ मा रहेको अन्नपूर्ण प्रथम हिमालको

जापानी विदेशमन्त्री आइतबार नेपाल भ्रमणमा आउँदै

काठमाडौं – जापानकी विदेश मन्त्री कामिकावा योको यही वैशाख २३

विश्वकप खेल्न जाने नेपाली क्रिकेट टोलीको बिदाइ (तस्बिरहरू)

काठमाडौं । नेपाल क्रिकेट एशोसियसन (क्यान)ले आईसीसी टी–२० विश्वकप खेल्ने