प्रसूति गराउँदा शिशुको मृत्यु– आफन्तद्वार शव बुझ्न अस्वीकार « Khabarhub

प्रसूति गराउँदा शिशुको मृत्यु– आफन्तद्वार शव बुझ्न अस्वीकार


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– थापाथलीस्थित परोपकार प्रसूति तथा स्त्री रोग अस्पतालमा नवजात एउटा महिलाको प्रसुती गराउने क्रममा शिशुको मृत्यु भएको छ । अस्पतालको लापरवाहीका कारणा  शिशुको मृत्यु भएको भन्दै परिवारले शव बुझ्न अस्वीकार गरेको छ ।

गोरखा आरुपोखरीकी ३५ वर्षिया ज्ञानुकुमारी कुँवरले सामान्य प्रसूति (नर्मल डेलिभरी) गराएको शिशु मृत भेटिएको हो ।

सोमबार प्रसूति गृहमा भर्ना भएकी कुँवरले मंगलबार विहान शिशु जन्माएकी थिइन् । शिशुको डेलीभरी गराउनुअघिको स्वास्थ्य परिक्षणमा अस्पतालले शिशुको अवस्था सामान्य भने पनि शिशु जन्मिएपछि मृत्यु भएको थियो । शिशुका आफन्तलले अस्पतालको लापरबाहीले शिशुको मृत्यु भएको भन्दै शव लिन अस्वीकार गरेका हुन् ।

यता अस्पतालका निर्देशक डाक्टर जागेश्वर गौतमले भने गर्भमा रहँदा शिशुको अवस्था सामान्य भए पनि जन्मने क्रममा घाँटीमा नाल बेरिँदा मृत्यु भएको बताए ।

‘जन्मिने क्रममा घाँटीमा नाल बेरिएर जन्मिँदै मृत जन्मिएको हो, मैले रिपोर्टहरु राम्रोसँग हेरे, चिकित्सकको कुनै गल्ती छैन’ निर्देशक डा गौतामले खबरहबसँग भने, ‘सुत्केरीलाई व्यथा लाग्दासम्म सबै नर्मल थियो, तर जन्मिने क्रममा घाँटीमा नाल बेरिएर मृत्यु भयो, शिशु जीउँदो दिन सकेनौं ।’

निर्देशक डा गौतमले शिशुको मृत्यु हुनुमा अस्पतालको कुनै गल्ती नभएको दाबी गर्दै आफन्तले शव लिन नमानेमा प्रहरीको जिम्मा लगाउने बताए ।

७ प्रतिशत शिशुको घाँटीमा नाल बेरिएको हुन्छ !

अस्पतालका निर्देशक डाक्टर गौतमका अनुसार शिशु जन्मिने क्रममा घाँटीमा नाल बेरिने घटना अस्पतालमा जन्मिने ७ प्रतिशत शिशुमा हुन्छ । तर सबै अवस्थामा शिशुको मृत्यु भने हुँदैन ।

‘शिशु गर्भमा हुँदा त्यहि नालबाट खाना र अक्सिजन जाने हुन्छ, त्यो नालमा कहिलेकाँही गाँठो पनि परेको हुन्छ त्यस्तो, कसैको त्यो नाल घाँटीमा टाइट भएर बेरियो भने अक्सिजन शिशुमा सप्लाई हुँदैन र शिशुको मृत्यु हुन्छ,’ डा गौतमले भने, ‘यस्तो नाल बेरिएर जन्मिने शिशु ७ प्रतिशत हुन्छन्, तर टाइट नहुने गरी बेरिएको छ भने शिशुमा अक्सिजन पुग्छ र मृत्युको घटना हुँदैन ।’

अस्पतालमा जन्मिने शिशुहरुमध्ये ७ प्रतिशतमा नाल बेरिने भएपनि कतिको मृत्यु हुने गरेको छ भन्ने विषयमा भने कुनै तथ्यांक नराखेको डा गौतमको भनाइ छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : २७ बजे

छाडा पशुचौपाया : बहुआयामिक असर र समाधानका प्रयास

घोडाघोडी– आधुनिक प्रविधिको प्रयोग बढेसँगै खेतबारी जोत्न प्रयोग गरिने गोरु

नयाँ हुनुको अर्थ विगतबाट अलग हुनु होइन : प्रधानमन्त्री शाह

काठमाडौं- प्रधानमन्त्री वालेन्द्र शाहले नयाँ हुनुको अर्थ विगतबाट पूर्ण रूपमा

विपक्षीलाई सभामुखको जवाफ : प्रधानमन्त्री सदनमा आउने तयारी गरिरहनु भएको छ

काठमाडौं- सभामुख डोलप्रसाद अर्यालले प्रधानमन्त्री वालेन्द्र शाह संसद्मा आएर जवाफ

प्रतिनिधिसभा : विकास निर्माणका लागि समानुपातिक बजेटको माग

काठमाडौं– प्रतिनिधिसभाको आजको बैठकको विशेष समयमा भाग लिने विभिन्न दलका

इरानले अमेरिकामाथि लगायो ‘युद्ध अपराध’ गरेको आरोप

तेहरान– इरानले फार्स प्रान्तको लामर्डस्थित खेलकुद हलमा भएको भनिएको क्षेप्यास्त्र