देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा « Khabarhub

देशमा शान्ति र स्थिरता सुदृढ बन्दै गएको छ : गृहमन्त्री थापा


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटबल- गृहमन्त्री रामबहादुर थापाले हिंसात्मक गतिविधि गरेर देशलाई फेरि पृथकतातर्फ धकेल्ने र अस्थिरता कायम गर्ने प्रयासलाई सरकारले समाधान गर्न सफल भएको बताएका छन् ।

गृहमन्त्रालय र प्रदेश नम्बर ५, आन्तरिक मामिला तथा कानून मन्त्रालयद्वारा बुटवलमा आयोजित प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा गृहमन्त्री थापाले मुलुकको शान्ति र स्थिरता सुदृढ बन्दै गएको तथा देशलाई अस्थिरता र विघटनतर्फ धकेल्ने कतिपय समस्याको मूलरुपमा समाधान गरिसकिएको बताए ।

पछिल्लो समय कानून र सङ्घीयता कार्यान्वयनका सन्दर्भमा सरकारले महत्वपूर्ण रुपमा ठोस् कदम उठाएको उल्लेख गर्दै गृहमन्त्री थापाले नेपाल प्रहरीको संरचनालाई सङ्घीय संरचनाअनुरुप लैजाने कार्यमा सरकारले छिट्टै नै कानूनी प्रक्रिया पूरा गरेर प्रदेशमा प्रदेश प्रहरीको संरचना स्थापना गर्ने गृह कार्य गरिरहेको जानकारी दिए ।

गृहमन्त्री थापाले सरकारले अन्तरराष्ट्रिय सम्बन्धलाई सुदृढ बनाउँदै लगेको बताउँदै चिनियाँ राष्ट्रपतिको झण्डै दुई दशकपछिको नेपाल भ्रमणले नेपालको विकास र समृद्धिका लागि कोशेढुङ्गा सावित हुने विश्वास व्यक्त गरे ।

दुई देशबीच धेरै विषयमा सहकार्य र सम्झौता भएको उल्लेख गर्दै उनले यसबाट नेपालको विकास र समृद्धिमा महत्वपूर्ण उपलब्धि हासिल भएको बताए ।

मुलुक आर्थिक समृद्धिको दिशातर्फ उन्मुख रहेको बताउँदै उनले सरकारले अगामी आर्थिक वर्षमा देशको आर्थिक वृद्धिदर ८ प्रतिशत भन्दामाथि पुर्‍याउने लक्ष्य राखेको उल्लेख बताए ।

आगामी चार वर्षभित्रमा दुई अङ्कको आर्थिक वृद्धिदरको लक्ष्य हासिल गर्नेतर्फ सरकार सकारात्मक दिशामा अघि बढिरहेको पनि उनले बताए ।

सोमबारदेखि शुरु भएको प्रदेशस्तरीय गोष्ठीमा आज गृहमन्त्री थापासहित मुख्यमन्त्री शङ्कर पोखरेल, प्रदेश सरकारका आन्तरिक मामिला तथा कानूनमन्त्री कुलप्रसाद केसी, नेपाल प्रहरी, सशस्त्र प्रहरीका प्रमुखलगायत सहभागी छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १२ : २२ बजे

आज २०८२ साल फागुन २९ गते शुक्रबारको राशिफल

काठमाडौं – आज २०८२ साल फागुन २९ गते शुक्रबार चैत

कृष्ण थापाको निधनमा अध्यक्ष ओली : मेरा ४३ वर्ष देखिका साथीको निधनमा दुःखी छु

काठमाडौं- नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले पार्टी केन्द्रीय सदस्य

समानुपातिकको सांसद छान्न हर्क साम्पाङलाई तनाव, दिए पार्टीबाटै हटाउने चेतावनी

काठमाडौँ – श्रम संस्कृति पार्टीका अध्यक्ष हर्कराज साम्पाङले समानुपातिकतर्फको सांसदको

समानुपातिकतर्फ चार लाख ४५ हजार मत बदर

काठमाडौं- यही फागुन २१ मा भएको प्रतिनिधिसभा सदस्य निर्वाचनको प्रत्यक्ष

महावीर पुनको निर्वाचन खर्च २८ लाख ६८ हजार भन्दा बढी

म्याग्दी – नवनिर्वाचित सांसद महावीर पुनले आफ्नो निर्वाचन खर्चको विवरण