गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप « Khabarhub

गोरखा सहकारीका अध्यक्षसहित ४ जना समातिए, पौने ४ अर्ब बचत हिनामिना आरोप


२० चैत्र २०८२, शुक्रबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


267
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- ललितपुरको ताल्छिखेलस्थित गोरखा सेभिङ एन्ड क्रेडिट को-अपरेटिभ लिमिटेडका अध्यक्ष मानसिंह राईसहित ४ जना सञ्चालक पक्राउ परेका छन् ।

समस्याग्रस्त घोषित उक्त सहकारीका तत्कालीन अध्यक्ष राईसहित चारजना सञ्चालकलाई बचत अपचलन गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी परिसर ललितपुरका एसएसपी होबिन्द्र बोगटीले बताए ।

तीन हजार १०० भन्दा बढी बचतकर्ताको करिब ४ अर्ब रुपैयाँ अपचलन गरेको जाहेरीका आधारमा उनीहरूलाई पक्राउ गरिएको बोगटीले जानकारी दिए ।

पक्राउ पर्नेमा सहकारीका अध्यक्ष मानसिंह राई, प्रमुख कार्यकारी अधिकृत लालबहादुर क्षेत्री, सञ्चालकहरू कर्णबहादुर राई र अनलिकुमार राई छन् ।

गोरखा सेभिङ एण्ड क्रेडिट को-अपरेटिभका तीन हजार १०२ जना बचतकर्ताको तीन अर्ब ८९ करोड ७२ लाख ६७ हजारभन्दा बढी रकम अपचलन भएको भन्दै जाहेरी आएको बोगटीले बताए ।

यसअघि नै सरकारले यस सहकारीलाई समस्याग्रस्त घोषणा गरी सम्पत्ति तथा दायित्त्व फर्स्यौटका लागि समस्याग्रस्त सहकारी व्यवस्थापन समितिमा पठाइसकेको छ।

यस सहकारीलाई २०८१ असार ६ गते समस्याग्रस्त घोषणा गरिएको थियो । समितिमा २५ सय ९४ मा बचकर्ताले तीन अर्ब २३ करोड ४८ लाख ४५ हजार रुपैयाँ मागदाबीसहित उजुरी दिएका छन् ।

प्रकाशित मिति : २० चैत्र २०८२, शुक्रबार  ५ : ०० बजे

मुलुकलाई जोगाउन आन्दोलनको विकल्प छैन: अध्यक्ष ओली

काठमाडाैँ – नेकपा (एमाले)का अध्यक्ष एवं पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले

परराष्ट्रमन्त्री खनालसँग नेपालका लागि फ्रान्सका राजदूत पुइगिन्जाको शिष्टाचार भेट

काठमाडौँ – परराष्ट्रमन्त्री शिशिर खनालसँग नेपालका लागि फ्रान्सकी नवनियुक्त राजदूत

गैरदलीय निर्वाचन र प्रवासको मतदान अधिकारको मागसहित उज्यालो नेपाल पार्टी निर्वाचन आयोग जाँदै

काठमाडाैँ – उज्यालो नेपाल पार्टीले गैरदलीय स्थानीय निर्वाचनको व्यवस्था गर्न

बाँकेमा कालानमक धानको संरक्षण गरिँदै

बाँके– सुगन्धित र स्वादिलो कालानमक जातको धानको बाँकेमा संरक्षण गर्न

हेटौँडाको बस्ती विकास इतिहासको साक्षी वनदेवी मन्दिर

बागमती– नागस्वतीस्थित वनदेवी मन्दिर हेटौँडाको बस्ती विकाससँग जोडिएको महत्वपूर्ण सम्पदास्थल हो