देउसी खेलेको पैसाबाट मुटु अस्पताल बनाइने « Khabarhub

देउसी खेलेको पैसाबाट मुटु अस्पताल बनाइने


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

बुटवल– रुपन्देहीको बुटवल उपमहानगरपालिका–१३ बेलबासमा लुम्बिनी सामुदायिक मुटु अस्पताल निर्माण हुने भएको छ । लायन्स क्लब अफ बुटवल बेलबासले दिपावलीको अवसरमा देउसी भैलो खेलेर सङ्कलन गरेको करीब ५ करोड र १० करोड रुपैयाँ शेयर सदस्यबाट उठाएर सो अस्पताल बनाउन लागिएको हो ।

तिनाउ नदी पश्चिम क्षेत्रमा मुटु अस्पतालकोे आवश्यकता महशुस भएपछि त्यसको तयारी गरिएको क्लबका अध्यक्ष लक्ष्मण खड्काले जानकारी दिए । अस्पताल बनाउन खेलिएको देउँसी भैलोबाट ५ करोड सङ्कलन गरिएको उनले जानकारी दिए ।

अस्पताल बुटवल–१३ बेलबासको दश नम्बर टोलमा बन्ने बताइएको छ । बुटवलमा गौतमबुद्ध सामुदायिक मुटु अस्पताल पनि सञ्चालनमा छ । अस्पतालको सहआयोजक लायन्स क्लब अफ् बुटवल बेलबास सिर्जनशील रहेको छ । अस्पतालका लागि बुटवल उप–महानगरपालिकासँग जग्गा उपलब्ध गराउन अनुरोध गर्ने अध्यक्ष खड्काले बताए ।

२५ श्ययाको उक्त अस्पतालमा ‘आइसियु’ र ‘सिसियु’सहितका कक्ष हुनेछ । अस्पताल बनाउन आफूहरूले महाअभियान नै शुरू गरेको जनप्रतिनिधि तथा क्लबका सचिव वेदप्रसाद गैरेले बताए । क्लबका द्वितीय उपाध्यक्ष डिबी खत्रीले अस्पतालको कूल लगानी २० करोड हुने उल्लेख गरे ।

उनले १० करोड आफूहरुले सङ्कलन गर्ने र अस्पतालका उपकरण लायन्स क्लब अफ इन्टरनेशनलबाट ल्याउने सहमति भइसकेको जानकारी दिए । लायन्स क्लब अफ इन्टरनेशनलले ६ करोडका उपकरण दिने बताइएको छ । अस्पतालका लागि भन्दै देउसी भैलोमा बुटवल–१३ का डण्डपानी खनालले ३ लाख ३ हजार ३३३ दान दिएका छन् ।

त्यस्तै अर्का कृष्ण लम्सालले २ लाख ५५ हजार ५५५ दिएका छन् । अस्पताल दुई वर्षभित्र निर्माण सम्पन्न गरी सञ्चालनमा ल्याउने अस्पताल निर्माणका अभियान्ता डण्डपानी खनालले बताए । क्लबले १ हजार संस्थापक सदस्य बनाएर १० करोड रुपैयाँ सङ्कलन गर्ने लक्ष्य लिएको छ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  १ : १६ बजे

नर्सरीमा नयाँ पुस्ता, वार्षिक करोडौँको कारोबार

काठमाडौँ– मानिसको जीवनको यात्राले कहिलेकाहीँ यस्तो मोड ल्याउँछ, जहाँ बाटो

ज्येष्ठ नागरिक र अपाङ्गता भएकालाई घरदैलोमै स्वास्थ्य सेवा

टीकापुर– कैलालीको टीकापुर नगरपालिकाले ज्येष्ठ नागरिक र अपाङ्गता भएका नागरिकलाई

अरुण गोविलले चुरोट तानेको देखेपछि दर्शकको प्रश्न– हामी देवता मान्ने, तिमी चुरोट खाने ?

भारतीय टेलिभिजन इतिहासमा केही यस्ता क्षण छन्, जसले केवल मनोरञ्जन

दशौँ भक्तपुर औद्योगिक महोत्सवको तयारी तीव्र

काठमाडौँ– नयाँ वर्ष २०८३ तथा विस्काः जात्राको अवसर पारेर आयोजना

फेवाताल किनारका अस्थायी संरचना भत्काइयो, पर्यटन व्यवसायी शाक्यको ‘वाटर फ्रन्ट’मा पनि डोजर

पोखरा– पोखराको फेवाताल किनारमा मापदण्ड विपरीत रहेका अस्थायी संरचनामा डोजर