कलाकार सागर लम्साल ‘बले’ पक्राउ « Khabarhub

कलाकार सागर लम्साल ‘बले’ पक्राउ


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


615
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ– कलाकार सागर लम्साल (बले) पक्राउ परेका छन् । जिल्ला प्रहरी परिसर काठमाडौँका प्रमुख एसएसपी रमेश थापाले उनलाई काठमाडौँको बूढानीलकण्ठ नगरपालिकाको कपनस्थित बालुवाखानीबाट पक्राउ गरिएको जानकारी दिए ।

कलाकार लम्सालमाथि अमेरिकामा रहँदै आएकी एक युवतीले बलात्कार आरोप लगाएकी थिइन् । उनले शुक्रबार बलेमाथि अमेरिकामै बलात्कार गरेको बताउँदै फेसबुकमा लेखेकी थिइन् ।

सोही आरोपबारे अनुसन्धानका लागि उनलाई पक्राउ गरिएको एसएसपी थापाले जानकारी दिए ।

एक वर्षअघि बले अमेरिका आएको बेला आफ्नो अपार्टमेन्टमै जबर्जस्ती गरेको युवतीको दाबी छ ।

आफू सानै उमेरदेखि डिप्रेसन र एन्जाइटी डिसअर्डरसँग जुधिरहेको बेला दाइ मानेको व्यक्तिबाट घृणित कार्य भएको उनले उल्लेख गरेकी थिइन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ८ : ५० बजे

गणेशको परिवारलाई मधेश सरकारले घर बनाइदिने (तस्बिरहरू)

सिरहा– सिरहाको गोलबजारमा प्रहरीको गोली लागेर मृत्यु भएका किशोर गणेश यादवको

प्रधानमन्त्रीले आफूलाई सच्याए विकल्प खोज्नेतिर जाँदैनौँ : शिवशंकर यादव (अन्तर्वार्ता)

काठमाडौं– गत भदौको जेन-जी आन्दोलनबाट उदाएका नेता शिवशंकर यादव सिराहा

ग्यास संकटबीच सरकारको काम देखेर रामेश प्रसाईंले भने, ‘चुनावताका बोलेका कुरा सम्झिँदा आफैंलाई लाज लाग्छ’

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद रमेश प्रसाईंले खाना

बैंक घोटाला प्रकरणमा तत्कालीन सिइओसहित तीनजना पक्राउ

नेपालगन्ज– कर्णाली डेभलपमेन्ट बैंकको घोटाला प्रकरणमा फरार रहेका तत्कालीन प्रमुख कार्यकारी