फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु « Khabarhub

फेवाताल किनाराका मापदण्डविपरीत संरचना हटाउन सुरु


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


132
Shares
  • change font
  • change font
  • change font

गण्डकी– पोखरा महानगरपालिकाले फेवाताल किनारामा मापदण्डविपरीत रहेका संरचना हटाउन सुरु गरेको छ ।

महानगरपालिकाले आज नेपाल प्रहरीसहितको सहयोगमा डोजर लगाएर सेदिदेखि खपौदीसम्मका मापदण्डविपरीत विभिन्न ३२ वटा टहरा भत्काएको महानगर प्रहरी प्रमुख पुरुषोत्तम थापाले जानकारी दिए ।

महानगरपालिकाले सर्वोच्च अदालतको फैसलाको कार्यान्वयन गर्न मापदण्डविपरीत रहेका संरचना भत्काएको उनले बताए। यसअघि महानगरपालिकाले पहिलो चरणमा ६५ मिटर सीमा क्षेत्रमा पिल्लर गाडेको उनले जानकारी दिए ।

नवगठित सङ्घीय सरकारले फेवातालमा भएको अतिक्रमण तीन महिनाभित्र हटाउन सुरु गर्ने निर्णय गरिसकेको छ । मन्त्रिपरिषद् बैठकले शासकीय सुधारका लागि तय गरेका १०० कार्यसूचीमा फेवाताल अतिक्रमणको विषय पनि उल्लेख छ । 

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ६ : ५९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा