परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम « Khabarhub

परमाणु ऊर्जा केन्द्रमा आक्रमण नगर्न आइएइएको सुझाव, रेडियोविकिरण चुहिने जोखिम


२१ चैत्र २०८२, शनिबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


744
Shares
  • change font
  • change font
  • change font

तेहरान – अन्तर्राष्ट्रिय आणविक ऊर्जा निकाय (आइएइए)ले बुशेहर परमाणु ऊर्जा केन्द्रमा भएका हमलाबारे आफूलाई जानकारी दिइएको भन्दै ‘गम्भीर चिन्ता’ प्रकट गरेको छ । परमाणु मामिलाको अन्तर्राष्ट्रिय निगरानी निकायले आक्रमणपछि पनि अहिले रेडियोविकिरणको स्तर बढेको नदेखिएको जनाएको छ ।

आइएइएले परमाणु ऊर्जा केन्द्र र छेउछाउका भूभागमा ‘कदापि आक्रमण गर्न नहुने’ भन्दै उसले परमाणु दुर्घटना हुन नदिन अधिकतम सैन्य सावधानी अपनाउन आह्वान गरेको छ ।

यसैबीच, इरानको बुशेहर परमाणु ऊर्जा केन्द्र नजिकै भएका भनिएका हमलाहरूबारे प्रतिक्रिया दिँदै इरानका विदेशमन्त्री अब्बास अराघचीले रेडियोविकिरण चुहिए खाडी क्षेत्रभर सङ्क्रमणको जोखिम हुने चेतावनी दिएका छन् ।

उनले सामाजिक सञ्जाल एक्समा लेखेका छन्, ‘युक्रेनको जापोरिज्जिया परमाणु ऊर्जा केन्द्रनजिक आक्रमण हुँदा पश्चिमा जगतले प्रकट गरेको आक्रोश सम्झनु हुन्छ ? इजरायल–अमेरिकाले हाम्रो बुशेहर केन्द्रमा चौथो पटक बमबारी गरेका छन्।’

उनले भने, ‘त्यहाँबाट रेडियोविकिरण चुहावट भयो भने यसले तेहरानमा नभई खाडी समन्वय परिषद् (जिसिसी) सदस्य राष्ट्रका राजधानीहरूमा बढी मानवीय जीवनमा जोखिम निम्तिने छ ।’

जिसिसी समूहमा बहराइन, कुवेत, ओमान, कतार, साउदी अरब र संयुक्त अरब इमिरेट्स (यूएइ) पर्छन्। अमेरिका र इजरायलले सो आक्रमणमा उनीहरूको संलग्नताबारे अझै पुष्टि गरेका छैनन् ।

प्रकाशित मिति : २१ चैत्र २०८२, शनिबार  ९ : १५ बजे

रेविज सङ्क्रमणबाट पाँचथरमा ३६ पशुचौपाया मरे

पाँचथर – रेबिज रोगको सङ्क्रमणबाट पाँचथरमा ३६ वटा पशुचौपाया मरेका

महाकाली अस्पतालमा जनशक्ति र उपकरण अभाव, मिर्गौलाका बिरामीलाई उपचारमा समस्या

कञ्चनपुर – कञ्चनपुरस्थित महाकाली प्रादेशिक अस्पतालमा आवश्यक जनशक्ति र उपकरण

हुलाकी सडक कालोपत्र गर्न निकुञ्ज क्षेत्रका एक हजार बढी रूख काट्नुपर्ने

चितवन – भरतपुरबाट माडी हुँदै ठोरीतर्फ जाने सडकमा पर्ने चितवन

सांसदहरूले आफूले बोल्ने हरेक शब्द र निर्णयप्रति गम्भीर हुनुपर्छ : गगन थापा

काठमाडौं – नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले संसद्मा पुगेपछि सांसदहरूले

रातमा झलमल्ल बालकुमारी–बल्खु सडक (तस्बिरहरू)

काठमाडाैं – काठमाडौंको चक्रपथअन्तर्गत ललितपुर महानगरपालिकामा पर्ने बालकुमारी पुलदेखि बल्खुसम्मको