संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री « Khabarhub

संसद्लाई निष्पक्ष र गरिमामय बनाउने जिम्मेवारी सभामुख अर्यालको काँधमा आएको छ : कानुनमन्त्री


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


51
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले सभामुख पदमा निर्विरोध डोलप्रसाद अर्यालले संसदलाई परिणाममुखी र जनउत्तरदायी बनाउनुपर्ने बताएकी छन् ।

आइतबार बसेको संसद् बैठकमा सम्बोधन गर्दै मन्त्री रास्वपा सभापति गौतमले रवि लामिछानेले प्रस्तुत गरेको प्रस्तावको समर्थन गर्दै अर्यालप्रति सदनको सामूहिक विश्वास रहेको बताइन्।

उनले निर्विरोध निर्वाचनलाई सदनको भरोसाको अभिव्यक्ति भएको उल्लेख गर्दै अब संसदलाई निष्पक्ष, प्रभावकारी र गरिमामय बनाउने जिम्मेवारी सभामुखको काँधमा आएको धारणा राखिन्।

सम्बोधनका क्रममा उनले आफू चितवन क्षेत्र नम्बर ३ को प्रतिनिधिका रूपमा जनताको आवाज बोकेर उभिएको बताउँदै त्यहाँका नागरिकले भोगिरहेका समस्या प्रस्तुत गरिन्।

किसानहरूले मल, बिउ र सिँचाइजस्ता आधारभूत आवश्यकताबाट वञ्चित हुनुपरेको, भूमिसम्बन्धी समस्याका कारण नागरिक आफ्नै भूमिमा असुरक्षित भएको तथा मानव–वन्यजन्तु द्वन्द्वले जनजीवन प्रभावित भएको उनले उल्लेख गरिन्।

गौतमले ती समस्या केवल चितवनका मात्र नभई देशव्यापी समस्या भएको बताउँदै संसदले कानुन निर्माण र सरकारमार्फत कार्यान्वयन गरी समाधान दिनुपर्नेमा जोड दिइन्।

जनताका दैनिक समस्याहरू सदनमार्फत उठाउन सांसदहरूलाई प्रोत्साहन गर्नुपर्ने र ती आवाजलाई राज्यले सम्बोधन गर्नुपर्ने उनको भनाइ थियो।

उनले २०८२ को निर्वाचनले देशको मनोविज्ञानमा परिवर्तन ल्याएको उल्लेख गर्दै संसदमा आएका नयाँ अनुहारहरू परिवर्तनको आकांक्षाका प्रतिनिधि भएको बताइन्। संसद अब केवल बहस गर्ने थलो नभई परिणाम दिने संस्था बन्नुपर्ने उनको जोड थियो।

संविधान जारी भएको वर्षौं बित्दा पनि आवश्यक कानुनहरू अझै निर्माण हुन बाँकी रहेको भन्दै उनले कानुनी रिक्तता अन्त्य गर्नुपर्ने आवश्यकता औँल्याइन्। संसद र सरकारबीच समन्वय गर्दै कानुन निर्माण प्रक्रियालाई तीव्रता दिने प्रतिबद्धता समेत उनले व्यक्त गरिन्।

उनले सभामुखमा अर्यालको नेतृत्वमा संसद् अझ प्रभावकारी, मर्यादित र जनउत्तरदायी बन्ने विश्वास व्यक्त गरिन्।

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४६ बजे

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश