इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप « Khabarhub

इरानमा हिंसामा संलग्न दुईलाई फाँसी, इजरायल–अमेरिकासँगको सम्बन्ध आरोप


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

तेहरान– इरानले ‘इजरायल र अमेरिकासँग मिलेर काम गरेको’ आरोपमा दुई पुरुषलाई फाँसी दिएको छ । इरानी न्यायालयको ‘मिजान अनलाइन वेबसाइट’का अनुसार मोहमद–अमीन बिग्लारी र शाहिन वाहेदपरस्त जनवरी सन् २०२६ मा भएको विरोध प्रदर्शनमा सहभागी भएको आरोपमा मृत्युदण्ड दिइएको हो ।

सर्वोच्च अदालतले आफ्नो फैसला पुनः पुष्टि गरेपछि फाँसी कार्यान्वयन गरिएको जनाइएको छ ।

विरोध प्रदर्शनहरू सुरुमा आर्थिक असन्तुष्टिका कारण थियो तर चाँडै राष्ट्रव्यापी विरोधमा परिणत भए । जनवरी ८ र ९ मा विरोधको चरमउत्कर्ष पुगेको थियो । 

इरानी अधिकारीहरूले ती विरोधहरू शान्तिपूर्ण सुरु भए तापनि पछि ‘विदेशले उक्साएको हिंसात्मक विद्रोह’ मा परिणत भएको दाबी गरेका छन्, जसमा हत्याकाण्ड र तोडफोड समावेश थियो ।

इरानले विगत केही दिनमा प्रदर्शन वा विपक्षी समूहसँग सम्बन्धित धेरै व्यक्तिहरूलाई फाँसी दिएको छ, जसमा निषेधित पीपुल्स मुजाहिदिन (एमईके) का सदस्यहरू पनि छन् । 

यस घटनाक्रमले इरान–इजरायल–संयुक्त राज्य अमेरिका युद्धको पृष्ठभूमिमा आएको थप तनावलाई देखाउँछ । उक्त युद्ध फेब्रुअरी २८ मा सुरु भएको थियो र यसमा इरानी सर्वोच्च नेता अली खामेनी मारिएका थिए ।

इरानी अधिकारीहरूले प्रदर्शनमा तीन हजार भन्दा बढी व्यक्तिको मृत्यु भएको जनाएको छ, जसमा सुरक्षाकर्मी र सर्वसाधारण दुबै छन्, र यसलाई ‘आतङ्कवादी कार्य’ भनी ठहराएको छ । 

तर अमेरिकी आधारित मानवअधिकार संस्था ‘एचआरएएनए’ ले सात हजार भन्दा बढी मृत्युकाण्ड रेकर्ड गरेको छ र वास्तविक सङ्ख्या अझ बढी हुन सक्ने चेतावनी दिएको छ । रासस

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  १२ : ४९ बजे

गण्डकी प्रदेशको बजेट ३२ अर्ब ९९ करोड ९९ लाख

काठमाडौं– गण्डकी प्रदेशले आगामी आर्थिक वर्षको लागि ३२ अर्ब ९९

कुमारी बैंक ‘इन्फोसिस फिनाकल इनोभेसन अवार्ड २०२६’ मा प्लाटीनम विजेता, अन्तर्राष्ट्रिय नवप्रवर्तनमा सम्मान

काठमाडौं– कुमारी बैंक लिमिटेड अन्तर्राष्ट्रिय स्तरको प्रतिष्ठित ‘इन्फोसिस फिनाकल इनोभेसन

गण्डकी प्रदेशले करारका कर्मचारीलाई स्थायी सरह महँगी भत्ता दिने

काठमाडौं– गण्डकी प्रदेश सरकारले करारका कर्मचारीलाई महँगी भत्ता दिने भएको

लेनदेन क्लबका सह-संस्थापक कार्की : खोटाङको गाउँदेखि भारतको फिनटेक सफलतासम्म

काठमाडौँ- भारतको प्रमुख पियर-टु-पियर लेन्डिङ प्लेटफर्म ‘लेनदेनक्लब’ का सह-संस्थापक दीपेश

रुसी हवाई आक्रमणमा खार्किभका पाँच उद्धारकर्मीको मृत्यु

किएभ– युक्रेनमाथि रुसले सोमबार गरेको व्यापक हवाई आक्रमणमा पूर्वी सहर खार्किभमा