ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा सेनाले सहयोग गरेन « Khabarhub

ओलीको बयान : प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिँदैन, संकटमा सेनाले सहयोग गरेन


२२ चैत्र २०८२, आइतबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.3k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– गत भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनका क्रममा भएको दमन प्रकरणमा पक्राउ परेका नेपाल कम्युनिस्ट पार्टी (एमाले)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री केपी शर्मा ओलीले जिल्ला अदालत काठमाडौंमा बयान दिएका छन् ।

अघिल्लो शनिबार पक्राउ परेका ओलीले अदालतमा दिएको बयानमा आफूलाई घटनासँग जोड्ने कुनै आधार नरहेको बताएका छन्। उनले प्रधानमन्त्रीले प्रत्यक्ष रूपमा गोली चलाउने आदेश नदिने दाबी गरेका छन् ।

उनले आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको बयानमा उल्लेख गरेका छन् । 

ओलीले आन्दोलनको नाममा राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग पनि गरेका छन् ।

ओलीले जेन-जी आन्दोलनमा भएका घटनाप्रति दुःख व्यक्त गर्दै दोषी जोसुकै भए पनि कारबाही हुनुपर्ने बताएका छन् ।

जेन–जी आन्दोलनका क्रममा भएको झडपमा मानवीय क्षति भएपछि घटनाको जिम्मेवारीबारे विवाद छ। बालेन शाह नेतृत्वमा सरकार बनेसँगै गौरीबहादुर कार्की आयोगको सिफारिसअनुसार पूर्वप्रधानमन्त्री ओलीलाई पक्राउ गरी अनुसन्धान अघि बढाइएको हो । 

ओलीको बयान : 

▪️ प्रधानमन्त्रीले सिधै गोली चलाउने आदेश दिने व्यवस्था नभएको भन्दै आफू दोषी नभएको दाबी
▪️ आपत्कालीन अवस्थामा सेनासँग सहयोग माग्दा अपेक्षित समन्वय हुन नसकेको र त्यसले जटिल अवस्था सिर्जना भएको उल्लेख
▪️ आन्दोलनका क्रममा मानिसको मृत्यु भएको खबर सुन्दा आफू अचम्मित भएको र घटनाबारे गम्भीर प्रश्न उठेको टिप्पणी
▪️ शान्तिपूर्ण भनिएको आन्दोलनमा निषेधाज्ञा किन तोडियो भन्ने विषयमा छानबिन आवश्यक रहेको भनाइ
▪️ राज्यको सम्पत्ति जलाउनेदेखि भीड उत्तेजित पार्नेसम्म सबैमाथि निष्पक्ष कारबाही हुनुपर्ने माग
▪️ राष्ट्रहितमा बोलेको र काम गरेको कारण विभिन्न स्वार्थ समूहबाट आरोप खेप्नुपरेको दाबी

प्रकाशित मिति : २२ चैत्र २०८२, आइतबार  ३ : ५९ बजे

‘ब्लड बैक’मा रगतको मौज्दात सकियो, रक्तदान गरौँ : रेडक्रस

कठमाडौँ– ब्लड बैकमा रगतको मौज्दात सकिएपछि नेपाल रेडक्रस सोसाइटीले रक्तदानका

राष्ट्रव्यापी गजेन्द्रमोक्ष नारायण मुक्तिनाथ रथयात्रा सुरु

काठमाडौँ– नेपालका पौराणिक तीर्थस्थलहरूको प्रचार गरी धार्मिक पर्यटनको प्रवर्द्धन, राष्ट्रिय

कालीगण्डकीमाथि बञ्जीको मज्जा (तस्बिर)

बागलुङ– अजङ्गको भीरमा फलामका लठ्ठा तानेर बनाइएको पुल ! देख्दै

इजरायलमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने एग्जिट पोलहरुको प्रक्षेपण

काठमाडौँ– इजरायलमा सम्पन्न आमनिर्वाचनमा कुनै पनि दलले स्पष्ट बहुमत नपाउने

दुर्गमका नागरिकले पनि समान सेवासुविधा पाउनु पर्छ : हर्क साम्पाङ

हुम्ला– श्रम संस्कृति पार्टीका अध्यक्ष तथा सांसद हर्क साम्पाङले दुर्गम