माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन « Khabarhub

माइतीघरमा चिकित्सा शिक्षाका विद्यार्थीको प्रदर्शन


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– निजी मेडिकल कलेजहरुले सरकारले निर्धारण गरेको भन्दा बढी लिएको शुल्क फिर्ताको माग गर्दै विद्यार्थीहरुले काठमाडौंमा प्रदर्शन गरेका छन् ।

विद्यार्थीहरुको चिकित्सा शिक्षा संघर्ष समितिले आज दिउँसो २ बजे माइतीघर मण्डलामा बढी लिइएको शुल्क फिर्ताको माग राख्दै प्रदर्शन गरेका हुन् ।

चितवन मेडिकल कलेज, नेसनल मेडिकल कलेज, युनिभर्सल मेडिकल कलेज, गण्डकी मेडिकल कलेजलगायतका विद्यार्थीहरु शुल्क फिर्ताको माग राख्दै आन्दोलित भएका छन् ।

यसअघि उनीहरुले सम्बन्धित कलेज तथा जिल्लास्थित प्रशासनमा कलेजले लिएको अतिरिक्त शुल्क फिर्ताका लागि दबाव दिए पनि सुनुवाई नभएपछि राजधानी केन्द्रीत आन्दोलन थालेका हुन् ।

विद्यार्थीहरुले मेडिकल माफियालाई सरकारले कारबाहीको दायरामा ल्याउनु पर्ने माग गरेका छन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ३ : ४६ बजे

रवि–बालेन भेटवार्ता : सुकुमबासी व्यवस्थापनदेखि सरकारको कार्यसम्पादनबारे छलफल

काठमाडौं – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सभापति रवि लामिछाने र

मोदी खोलाको बाढीले घर र रेष्टुरेन्ट बगायो

कास्की – कास्कीको अन्नपूर्ण गाउँपालिका–११ स्थित किम्रुङ खोलामा आज आएको

झापामा मुन्द्रा लुट्ने एक जना पक्राउ

झापा – झापामा विद्यालयमा पुगेर बालबालिकालाई फकाइ–फुल्याइ कानको मुन्द्रा लुटेको

मोदीखोलाको कटानले पर्यटकीय स्थल घान्द्रुक जाने सडक बन्द

पर्वत – कास्की र पर्वत हुँदै बग्ने मोदीखोलामा आएको बाढीले