रानु मण्डलको चकित पार्ने भिडियो भाइरल, फ्यानले छोएपछि भनिन्- मलाई हात नलगाऊ, सेलिब्रेटी बनिसकेँ | Khabarhub Khabarhub

रानु मण्डलको चकित पार्ने भिडियो भाइरल, फ्यानले छोएपछि भनिन्- मलाई हात नलगाऊ, सेलिब्रेटी बनिसकेँ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु मण्डल सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आइन् । उनको सङ्घर्षको कथाका कारण धेरैले रानुप्रति सहानुभूति देखाए ।

उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोले धेरैलाई चकित बनाइदिएको छ ।

हालै रानु मण्डल सुपर मार्केटमा सपिङ गर्न पुगिन् । त्यही सिलसिलामा रानुका फ्यानले उनलाई छुँदै बोलाए र सेल्फी खिच्न भने । त्यही बेला रानु मण्डल भड्किइन् । भिडियोमा रानु मण्डल आफ्ना फ्यानप्रति निराश भएको देख्न सकिन्छ ।

भिडियोमा रानु मण्डलले ‘मलाई नछोऊ, म सेलिब्रेटी भइसकेँ’ भनेको बताइएको छ । इन्टरनेटमा भाइरल भइरहेको यो भिडियोबारे दर्शकले अनेक टिकाटिप्पणी गरेका छन् ।

रानु केही महिनाअघि रातारात स्टार बनेकी थिइन् । उनले लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ स्टेशमा बसेर गाएकी थिइन् । यो गीत भाइरल भएपछि हिमेश रेशमियाले एक गीतमा मौका दिएका थिए । त्यसपछि उनी थप चर्चित बनेकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ३१ बजे

प्रि ओपन सेसन : नेप्सेमा झिनो अंकको गिरावट

काठमाडौं– साताको दोस्रो कारोबार दिन सोमबार प्रि ओपन सेसनमा नेपाल

प्रकाशमानले छुट्याए गणेशमानको नाम जोडिएका ५० आयोजनामा बजेट

काठमाडौं– सहरी विकास मन्त्री प्रकाशमान सिंहले आफ्ना पिता तथा २०४६

नदीजन्य पदार्थ उत्खननमा प्रतिबन्ध

कञ्चनपुर– कञ्चनपुरको भीमदत्त नगरपालिका क्षेत्रभित्रका खोला तथा नदी नालाबाट नदीजन्य

तीन लाख किम्बुका बेर्ना बिक्रीका लागि तयार 

चितवन– व्यवसायिक किट विकास फर्म भण्डाराले तीन लाख बढी किम्बुका

उद्योगीलाई जग्गा किन्न लगाउने होइन, कन्ट्रयाक्टमा दिने व्यवस्था राम्रो हुन्छ

काठमाडौँ – नेपालको भूमिको वितरण सामन्ती प्रणालीमा आधारित रहेको यथार्थ