रानु मण्डलको चकित पार्ने भिडियो भाइरल, फ्यानले छोएपछि भनिन्- मलाई हात नलगाऊ, सेलिब्रेटी बनिसकेँ « Khabarhub

रानु मण्डलको चकित पार्ने भिडियो भाइरल, फ्यानले छोएपछि भनिन्- मलाई हात नलगाऊ, सेलिब्रेटी बनिसकेँ


१९ कार्तिक २०७६, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

नयाँ दिल्ली – पश्चिम बंगालको राणाघाट रेलवे स्टेशनमा गीत गाएर गुजारा चलाउने रानु मण्डल सामाजिक सञ्जालमा भाइरल भएपछि चर्चामा आइन् । उनको सङ्घर्षको कथाका कारण धेरैले रानुप्रति सहानुभूति देखाए ।

उनको चर्चा चलिरहँदा हालै रानुको एक भिडियो सार्वजनिक भएको छ । उक्त भिडियोले धेरैलाई चकित बनाइदिएको छ ।

हालै रानु मण्डल सुपर मार्केटमा सपिङ गर्न पुगिन् । त्यही सिलसिलामा रानुका फ्यानले उनलाई छुँदै बोलाए र सेल्फी खिच्न भने । त्यही बेला रानु मण्डल भड्किइन् । भिडियोमा रानु मण्डल आफ्ना फ्यानप्रति निराश भएको देख्न सकिन्छ ।

भिडियोमा रानु मण्डलले ‘मलाई नछोऊ, म सेलिब्रेटी भइसकेँ’ भनेको बताइएको छ । इन्टरनेटमा भाइरल भइरहेको यो भिडियोबारे दर्शकले अनेक टिकाटिप्पणी गरेका छन् ।

रानु केही महिनाअघि रातारात स्टार बनेकी थिइन् । उनले लता मंगेशकरको गीत ‘एक प्यारका नगमा है’ स्टेशमा बसेर गाएकी थिइन् । यो गीत भाइरल भएपछि हिमेश रेशमियाले एक गीतमा मौका दिएका थिए । त्यसपछि उनी थप चर्चित बनेकी थिइन् ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ४ : ३१ बजे

जिप सफारीका लागि निकुञ्जभित्रको सडकमा झाडी पन्छाइँदै

चितवन– चितवन राष्ट्रिय निकुञ्जको भित्री भागका सडक सरसफाइ सुरु गरिएको

त्रिशूलीको कटानले तारुकाघाटमा त्रास, दर्जनौँ घर जोखिममा (तस्बिरहरू)

काठमाडौं– भाद्र १० गते रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीपछि

ट्रम्प प्योङयाङसँग वार्ताका लागि इच्छुक : दक्षिण कोरियाली राष्ट्रपति

सियोल- दक्षिण कोरियाका राष्ट्रपति ली जे म्युङले अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प

‘जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्य आवश्यक’

काठमाडौं- सरोकारवालाहरुले जलवायु संकटको जोखिम न्यूनीकरण गर्न बहुपक्षीय सहकार्यमा जोड

काभ्रेका ३२ जनामा डेङ्गु सङ्क्रमण पुष्टि

बनेपा– जिल्लामा डेङ्गु सङ्क्रमितको सङ्ख्या ३२ पुगेको छ । जिल्लास्थित