इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए « Khabarhub

इजरायलमा इरानी हमला, घरको भग्नवाशेषभित्र दुई शव भेटिए


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


123
Shares
  • change font
  • change font
  • change font

जेरूसेलम- इजराइलको हाइफा शहरमा इरानी मिसाइल आक्रमणपछि भग्नावशेषबाट २ जनाको शव निकालिएको छ। थप २ जना अझै बेपत्ता छन् । अहिले उनीहरूको खोजी जारी छ।

आइतबार साँझ भएको आक्रमणपछि उद्धार टोलीहरू लगातार भग्नवाशेषमा खोजी गरिरहेका छन्। सबैभन्दा बढी क्षति भएको अपार्टमेन्टमै बेपत्ताहरू रहेको आशंका गरिएको छ।

मिसाइल भवनको तल्लो भागमा लागेको कारण माथिल्ला फ्ल्याट भत्किँदा ठूलो क्षति भएको हो। भग्नवाशेषभित्र नफुटेका मिसाइलका अंश हुन सक्ने आशंकाले उद्धार कार्य थप कठिन बनेको छ।

चीन-रसिया सक्रिय

उता इरान युद्धका विषयमा चीनका विदेशमन्त्री वाङ यी र रूसका विदेशमन्त्री सर्गेई लावरोव बीच टेलिफोन वार्ता भएको छ।

चीनले होर्मुज जलडमरूमध्ये क्षेत्रमा बढ्दो तनाव अन्त्य गर्न युद्ध रोक्दै तत्काल युद्धविराम लागू गर्नुपर्ने बताएको छ।

फाँसी

उता इरानले सैन्य बेसमा आक्रमणको आरोपमा दोषी ठहर गरिएका अली फहिमलाई फाँसी दिएको छ। यसअघि पनि त्यही घटनामा अन्य तीन जनालाई मृत्युदण्ड दिइसकेको छ।

विश्वविद्यालयमा आक्रमण

यसैबीचमा अमेरिका र इजरायलले शरीफ युनिभर्सिटी अफ टेक्नोलोजी मा आक्रमण गरेका छन्।

यस आक्रमणमा भवनमा क्षति पुगे पनि मानवीय क्षतिको खबर आएको छैन। इरानले यसलाई शैक्षिक संस्थामाथिको हमला भन्दै कडा विरोध जनाएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ०३ बजे

सहिदको छोरी आकृतिको सपना देशको सेवा गर्ने

नारायणगढ– भरतपुर महानगरपालिका–११ बसेनीस्थित जेनजी आन्दोलनका सहिद सारकुमार राईको घर

ओलीलाई नेतृत्व छाड्न दबाब बढ्दै, महासचिव पोखरेल पनि विपक्षमा उभिए

काठमाडौं- नेकपा एमालेभित्र नेतृत्व परिवर्तनका विषयमा आन्तरिक बहस तीव्र बनेको

चार महिनामा २०९ जनाले लिए आमाको नामबाट नागरिकता

जलेश्वर – विगत चार महिनामा २०९ जनाले आमाको नामबाट नागरिकता

बसको ठक्करबाट स्कुटर चालकको मृत्यु

बागमती– हेटौँडा–काठमाडौँ जोड्ने कान्तिलोकपथ सडकअन्तर्गत मकवानपुरको मकवानपुरगढी–२ सिखरकटेरीमा आज दिउँसो

नेपालगन्जमा पाँच किलो अफिमसहित पक्राउ

नेपालगञ्ज– सशस्त्र प्रहरीले आज नेपालगञ्जमा अवैध लागू औषध  अफिम र