अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता « Khabarhub

अमेरिका र इरानबीच ४५ दिने युद्धविरामबारे अन्तिम चरणको वार्ता


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


834
Shares
  • change font
  • change font
  • change font

तेहरान- अमेरिका र इरानबीच ४५ दिनको युद्धविरामबारे अन्तिम चरणको वार्ता भइरहेको छ। मध्यस्थता गरिरहेका देशहरूको प्रयास जारी रहे पनि आगामी ४८ घण्टा निर्णायक मानिएको छ।

एक्सियोसका अनुसार युद्धविराम प्रस्ताव दुई चरणमा हुनेछ। पहिलो चरणमा ४५ दिनको युद्धविराम लागू गरी स्थायी शान्ति सम्झौताका लागि वार्ता गरिनेछ।

यसैबीच अमेरिका र इजरायलले इरानका कम्तीमा १२ शहरमा आक्रमण गरेका छन्, जसमा राजधानी तेहरान पनि समावेश छ।

उक्त आक्रमणका क्रममा कोममा ५ जनाको मृत्यु भएको छ भने कोङ्ग सिटीमा ६ जनाको ज्यान गएको । त्यहाँ १७ जना घाइते भएका छन्।

चीन-रसिया सक्रिय

उता इरान युद्धका विषयमा चीनका विदेशमन्त्री वाङ यी र रूसका विदेशमन्त्री सर्गेई लावरोव बीच टेलिफोन वार्ता भएको छ।

चीनले होर्मुज जलडमरूमध्ये क्षेत्रमा बढ्दो तनाव अन्त्य गर्न युद्ध रोक्दै तत्काल युद्धविराम लागू गर्नुपर्ने बताएको छ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : १० बजे

कांग्रेसकाे १५औँ महाधिवेशनका लागि क्रियाशील सदस्यको नामावली स्वीकृत

काठमाडाैं – नेपाली कांग्रेसले १५औँ महाधिवेशनमा सहभागी हुने क्रियाशील सदस्यहरूको

दश दिनमा उपत्यकामा चार लाख सिलिण्डर वितरण

काठमाडौं – नेपाल आयल निगमले पछिल्लो २८ दिनमा ५२ हजार

बाणगङ्गा नदीमा बेपत्ता बालकको शव भारतमा फेला

कपिलवस्तु – बाणगङ्गा नदीमा आएको बाढीमा परी शनिबारदेखि बेपत्ता भएका

अटोको ठक्करबाट १४ वर्षीय किशोरको मृत्यु

धनगढी – कैलालीको धनगढीमा अटोले मोटरसाइकललाई ठक्कर दिँदा १४ वर्षीय

पूर्वराष्ट्रपति यादवद्वारा देश विकासमा योगदान गर्न आग्रह

ललितपुर – पूर्वराष्ट्रपति डा. रामवरण यादवले देश र समाजका लागि