सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ « Khabarhub

सरकारबारे एमालेको अडान : कडा निगरानीसहित खरबदारी गरिरहन्छौँ


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


75
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- प्रतिपक्षी दल नेकपा एमालेले राष्ट्रिय स्वतन्त्र पार्टी नेतृत्वको शक्तिशाली सरकारको खबरदारी गरिरहने बताएको छ।

एमालेले संसद्मार्फत् सरकारको काममाथि कडा निगरानीसहित खबरदारी गर्दै अघि बढ्ने जनाएको हो। संघीय संसद् सचिवालयले सोमबार डाकेको सर्वदलीय बैठकमा एमाले सरकारबारे कडा रवैया अपनाउने जनाउ दिएको हो ।

उक्त बैठकपछि एमाले सांसद गुरू बरालले विधिको शासन र कानुन कार्यान्वयनमा प्रश्न उठे एमालेले संसद्‍बाट सशक्त आवाज उठाउने जानकारी दिए ।

‘जहाँ कानुनको उल्लंघन भएर विधिको शासनमा प्रश्न उठ्छ, त्यहाँ हामी चुप लागेर बस्दैनौँ, संसद्मार्फत् सरकारको निगरानी र खबरदारी गर्छौँ’, उनले भने ।

एमाले नेतासमेत रहेका बरालले नागरिकका मौलिक र राजनीतिक अधिकार प्रयोगमा सरकारले हस्तक्षेप गरे संसद्बाट कडा प्रतिवाद गर्ने बताए ।

एमालेले संविधानप्रदत्त अधिकार सुनिश्चित गर्न प्रतिपक्षीका रुपमा सरकारलाई निरन्तर ‘चेक एण्ड ब्यालेन्स’को नीतिसहित खबरदारी गरिरहने जनाएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ४१ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म