खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा « Khabarhub

खुश्वुले संसद्मा उठाइन् हिन्दू अधिराज्य र राजसंस्थाको मुद्दा


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


282
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)की सांसद खुश्वु ओलीले प्रतिनिधि सभाको सोमबार बसेको हिन्दू अधिराज्य र राजसंस्थाको विषय उठाएकी छन्।

प्रतिनिधि सभा बैठकमा पहिलो पटक बोल्ने क्रममा उनले राप्रपाको पुरानै लाइन उठाएकी हुन्।

‘हिन्दू राज्य र राजसंस्था जनतालाई नसोधी हटाइएको थियो। सभामुख महोदय, एक पटक जनतालाई सोधौँ, हिन्दू राज्य र राजसंस्था चाहिन्छ चाहिँदैन?’, उनले यी दुई संस्थाबारे जनमत संग्रह गर्नुपर्ने संकेतसहित भनिन् ।

राप्रपा नेतृसमेत रहेकी उनले वालेन्द्र शाह नेतृत्वको सरकारले आइतबार मात्रै स्वीकारेको ९० मिलियन ऋणबारे पनि कडा टिप्पणी गरेकी छन् ।

उनले बालेन सरकारको उक्त कदमबारे संसद्मा छलफल नै नगरी चालिएकोमा आपत्ति जनाएकी छन् ।

‘संसदीय समिति नबनेको, उपसमिति नरहेको बेलामा सरकारले ऋण के आधारमा स्वीकार गरेको हो ?’, उनले सोधिन्, ‘त्यो रिक्वेस्टेट ऋण हो कि प्रस्ताव गरिएको थियो ? संसद्मा छलफल नै नगरी यसरी विदेशी सहयोग स्वीकार गर्दा सरकारको भूमिकामाथि प्रश्न उठ्छ।’

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  १ : ४६ बजे

स्वर्णिमको गुनासो- करलाई लिएर मेराबारे संगठित रुपमा अफवाह फैल्याइयो

काठमाडौं– अर्थमन्त्री डा.स्वर्णिम वाग्लेले करका विषयमा आफूमाथि संगठित रुपमा अफवाह

इनड्राइभद्वारा ‘इनड्राइभसँग आफ्नै रोजाइमा, छैन प्रेसर’ ड्राइभर ३६० क्याम्पेन सार्वजनिक

काठमाडौं– इनड्राइभले नेपालमा सञ्चालनको पाँच वर्ष पूरा गरेको छ । नेपालमा पाँच

दल त्यागपछि एमालेका ८ वडा अध्यक्षको पद रिक्त

काठमाडौं– निर्वाचन आयोगले दल त्याग गरी अन्य राजनीतिक दलमा प्रवेश

प्रतिनिधिसभाको बैठक सञ्चालनमा ढिलाइ

काठमाडौं– आज बिहान ११ बजेका लागि तय भएको प्रतिनिधिसभाको आजको बैठक

इरानले भन्यो : अमेरिकी-इजरायली आक्रमण रोक्नु खाडी देशहरूको जिम्मेवारी

तेहरान- इरानले अहिले जारी आक्रमण रोक्न खाडी देशहरूले भूमिका खेल्नुपर्ने