संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस् « Khabarhub

संसद्‍मा ऐन महरले भने- ओली र लेखकलाई बिना शर्त रिहाइ गरियोस्


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 3 मिनेट


111
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– नेकपा एमालेका सांसद ऐन बहादुर महरले तत्काल पूर्व प्रधानमन्त्री केपी ओली र पूर्व गृहमन्त्री रमेश लेखकलाई बिना शर्त रिहाइको माग गरेका छन् । 

सोमबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद महरले प्रतिशोध र पूर्वाग्रहको राजनीति बन्द गर्दै तत्काल ओली र लेखकलाई बिना शर्त रिहाइको माग गरेका हुन् ।

उनले सरकारले गैरकानुनी र गैरन्यायीक ढङ्गले पक्राउ पूर्वप्रधानमन्त्री र पूर्व गृहमन्त्रीलाई पक्राउ गरेको उल्लेख गरे । लोकतन्त्रमा पूर्वाग्रह र प्रतिशोधको कुनै स्थान नहुने भन्दै सांसद महरले विधि शासनको स्थापना गर्नका निमित्त सबैलाई समान खालको व्यवहार हुनुपर्नेमा जोड दिए ।

त्यस्तै उनले सरकारले सार्वजनिक गरेको शासकीय सुधार सम्बन्धी कार्यसूचीमा विद्यार्थी संगठन र ट्रेड युनियनहरूमाथि प्रतिबन्ध लगाउने खारेज गर्ने निर्णय तत्काल फिर्ता लिन समेत माग गरे । 

उनले विद्यार्थी आन्दोलन नेपालको लोकतान्त्रिक आन्दोलन र व्यवस्थाका मूल मर्म भएको उल्लेख गरे । 

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  २ : १६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म