निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड « Khabarhub

निफमा ‘राजागंज’ सर्वोत्कृष्ट, नाजिर र सुरक्षाले जिते अवार्ड, नेपालबाट ‘गुन्यू चोलो’ले पायो अवार्ड


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : 2 मिनेट


66
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नवौँ संस्करणको नेपाल अन्तर्राष्ट्रिय चलचित्र महोत्सव (निफ) मा सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड दीपक रौनियार निर्देशित ‘राजागंज’ : पूजा सर’ले जितेको छ ।

काठमाडौंको सुन्धारास्थित सिभिल मलमा नेपाल ललितकला प्रज्ञा–प्रतिष्ठानका कुलपति नारदमणि हार्तम्छाली प्रमुख आतिथ्यतामा सोमबार भएको समापन कार्यक्रममा उक्त फिल्मलाई ट्रफी र पन्ध्र सय अमेरिकी डलर पुरस्कारले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय चलचित्र पुरस्कार समुन्द्र भट्ट निर्देशित ‘गुन्यू चोलो : द ड्रेस’ले पाएको छ । यो फिल्म ट्रफी र एक हजार अमेरिकी डलरले सम्मानित भयो ।
भट्टले यही फिल्मबाट उत्कृष्ट निर्देशकको अवार्ड जितिन् । यही चलचित्रबाट नाजिर हुसेनले सर्वोत्कृष्ट नायकको अवार्ड जिते । चलचित्र ‘कोशेढुङ्गा’बाट सुरक्षा पन्तले सर्वोत्कृष्ट नायिकाको अवार्ड जितिन् ।

राष्ट्रियतर्फ सर्वोत्कृष्ट पटकथाकारको अवार्ड चलचित्र ‘केटी हराएको सूचना’बाट दीपेन्द्र गौचन पाएका छन् । सर्वोत्कृष्ट सिनेमेटोग्राफरको अवार्ड चलचित्र ‘कोशेढुङ्गा’बाटै बाबु श्रेष्ठले पाए।

दक्षिण एसियाली चलचित्र अन्तर्गतको प्रतिस्पर्धामा नेपाली भाषाको भारतीय चलचित्र ‘जार’ सर्वोत्कृष्ट घोषित भएको छ । फुर्वा क्षिरिङ लामा निर्देशित यस चलचित्र ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।

त्यस्तै, सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय डकुमेन्ट्रीको अवार्ड आइसल्यान्डको ‘ग्राउन्ड बिनिथ आवर फिट’ले पाएको छ । इर्सा रोका फ्यानबर्ग निर्देशित यस डकुमेन्ट्रीलाई ट्रफी र एक हजार अमेरिकी डलरले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय सर्ट फिल्मको अवार्ड ’सिप’ले पाएको छ । हादी बाबेइफरद्वारा निर्देशित इरानको यस सर्ट फिल्म ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ ।

सर्वोत्कृष्ट एआई थिम्ड सर्ट फिल्मको अवार्ड जितेको ‘स्पिरिट अफ द माउन्टेन’ ट्रफी र पाँच सय अमेरिकी डलरले सम्मानित भएको छ । यो पाङ जियाद्वारा निर्देशित यो चिनियाँ सर्ट फिल्म हो ।

सर्वोत्कृष्ट विद्यार्थी चलचित्रको अवार्ड मेक्सिकोको चलचित्र ‘पासारिन्हो’ घोषित भएको छ । यो चलचित्रलाई पाँच सय डलर र ट्रफीले सम्मान गरिएको छ ।

सर्वोत्कृष्ट राष्ट्रिय डकुमेन्ट्री दीपक छोदेन लामाद्वारा निर्देशित ‘होम इज नट अ प्लेस’ र सर्वोत्कृष्ट राष्ट्रिय सर्ट फिल्मको सुरज पौडेलद्वारा ‘रिहाना’ घोषित भए । यी दुवै ट्रफी र ५० हजार रुपैयाँले सम्मानित भए ।

डन किहोते सर्वोत्कृष्ट अन्तर्राष्ट्रिय चलचित्रको अवार्ड इरानी फिल्म ‘माई डटर्ज हेयर’ले पाएको छ । हेसाम फराहमान्दद्वारा निर्देशित यस फिल्मलाई प्रमाणपत्रले सम्मान गरिएको छ ।

स्पेशल मेन्सन राष्ट्रिय डकुमेन्ट्री ङिमा गेलु शेर्पाद्वारा निर्देशित ‘एज डे गोज बाइ’ घोषित भयो । यसलाई प्रमाणपत्रले सम्मान गरियो ।

स्पेशल मेन्सन अन्तर्राष्ट्रिय सर्ट फिल्म भारतको ‘हाउसकिप्पर’ घोषित भयो । सुर्या बालाकृष्णद्वारा निर्देशित यस सर्ट फिल्मलाई प्रमाणपत्रले सम्मान गरियो ।

स्पेशल जुरी मेन्सन अन्तर्राष्ट्रिय चलचित्र अवार्ड भने चिनियाँ चलचित्र ‘द शोर अफ लाइफ’ घोषित भएको छ । प्रमाणपत्रले सम्मानीत यस फिल्मको निर्देशक ची झाङ हुन् ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ६ : ०३ बजे

काभ्रेमा पक्की पुलका सात नयाँ योजना, १२ निर्माणाधीन

काभ्रेपलाञ्चोक – काभ्रेपलाञ्चोकमा सात वटा नयाँ पक्की पुल निर्माण प्रक्रिया

लक्ष्य हासिल गर्न सक्ने गरी मनसुन प्रतिकार्य राष्ट्रिय कार्ययोजना बनाउनुपर्ने

काठमाडौं – मनुसन पूर्वतयारी तथा प्रतिकार्य राष्ट्रिय कार्ययोजना निर्दिष्ट लक्ष्य

सबै मन्त्रालयले बुझाए सुधारका कार्ययोजना, प्रधानमन्त्री कार्यालयले नियमित अनुगमन गर्ने

काठमाडौं – सरकारका सबै मन्त्रालय र मातहतका निकायले सात दिनभित्रै

ट्रम्पको चेतावनीपछि इजरायलले गर्‍यो इरानी ग्यास उद्योग परिसरमा आक्रमण

तेहरान – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले हर्मुजको जलमार्ग स्वतन्त्र आवागमनका

आगामी बजेट आर्थिक रूपान्तरणमा केन्द्रित हुन्छ : अर्थमन्त्री डा वाग्ले

काठमाडौं – अर्थमन्त्री डा स्वार्णिम वाग्लेले आगामी जेठ १५ मा