तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक « Khabarhub

तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएकाे ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको हो ।

जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको हताहतीसम्बन्धी प्रकरणमा पक्राउ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अघिल्लो शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेजीसँगै परमादेश जारी गरेर हिरासतमुक्त हुने बाटो खोलिदिएको हो ।

सर्वोच्चले दुवैको हकमा दायर रिट खारेज गरिदिएसँगै सरकारका नाममा परमादेश जारी गरेर तेस्रो म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशपछि आइतबार थपेको ५ दिनको म्याद सकिएसँगै दुवैजनालाई हिरासतमुक्त हुने छन् ।

दुवैजनालाई जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे ।  अब त्यो म्याद सकिएसँगै ओली र लेखक दुवै आगामी चैत २६ गते रिहा हुनेछन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २२ बजे

त्रिशूली नदीमा शव खोज्दै तनहुँ प्रहरी

तनहुँ – रसुवाको भोटेकोशी नदीमा आएको बाढीपछि त्रिशूली नदीमा बगेर

ज्वालामुखी विस्फोटपछि जकार्ता विमानस्थलमा अवरूद्ध सेवा थपियो

जकार्ता – इन्डोनेसियाको प्रमुख विमानस्थलमा ले सोमबार सञ्चालन हुने अपेक्षा

पृथ्वी राजमार्गको परेवाभीरमा यातायात सञ्चालन

काठमाडौँ । पृथ्वी राजमार्गअन्तर्गत धादिङको परेवाभीर खण्डमा सोमबार साँझदेखि यातायात

विपत्तिमा सबै एकताबद्ध भएर उभिनुपर्छ : ऊर्जामन्त्री श्रेष्ठ

काठमाडौं – ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले विपत्तिको

विपद्पीडित बालबालिकाका लागि ‘सुनिश्चित भविष्य छात्रवृत्ति योजना’ घोषणा

काठमाडौं । सरकारले रसुवा– भोटेकोसी बाढीसहित विभिन्न समयमा आउने विपद्बाट