तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक « Khabarhub

तेस्रो म्याद सकिएसँँगै चैत २६ गते हिरासतबाट रिहा हुनेछन् ओली र लेखक


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.1k
Shares
  • change font
  • change font
  • change font

काठमाडौं-  सर्वोच्च अदालतले पूर्वप्रधानमन्त्री केपी शर्मा ओली र गृहमन्त्री रमेश लेखकलाई तेस्रो पटक थपिएको पाँच दिने म्याद सकिएपछि हिरासतमुक्त गर्न सरकारका नाममा परमादेश जारी गरेको छ।

जिल्ला अदालत काठमाडौंबाट आइतबार थपिएकाे ५ दिने म्याद सकिएसँगै आगामी चैत २६ गते हिरासतमुक्त गर्ने गरी सर्वोच्चले आदेश दिएको हो ।

जिल्ला अदालतले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक दुवैजनालाई ५ दिन अझै हिरासतमा राख्न अनुमति दिएको थियो ।

गत भदौ २३ र २४ गतेको जेन-जी आन्दोलनमा भएको हताहतीसम्बन्धी प्रकरणमा पक्राउ नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओली र पूर्वगृहमन्त्री रमेश लेखकलाई अघिल्लो शनिबार भक्तपुरबाट पक्राउ गरेको थियो ।

सर्वोच्च अदालतका न्यायाधीशद्वय विनोद शर्मा र सुनीलकुमार पोखरेलको संयुक्त इजलासले ओली पत्नी राधिका शाक्य र लेखक पत्नी यशोदाले दायर गरेको बन्दी प्रत्यक्षीकरण रिट खारेजीसँगै परमादेश जारी गरेर हिरासतमुक्त हुने बाटो खोलिदिएको हो ।

सर्वोच्चले दुवैको हकमा दायर रिट खारेज गरिदिएसँगै सरकारका नाममा परमादेश जारी गरेर तेस्रो म्याद सकिएपछि रिहा गर्न आदेश दिएको हो। सर्वोच्चको यो आदेशपछि आइतबार थपेको ५ दिनको म्याद सकिएसँगै दुवैजनालाई हिरासतमुक्त हुने छन् ।

दुवैजनालाई जिल्ला अदालत काठमाडौंले २१ चैतदेखि लागु हुने गरी तेस्रोपटक ५ दिनको लागि म्याद थप गरेकाे थियाे ।  अब त्यो म्याद सकिएसँगै ओली र लेखक दुवै आगामी चैत २६ गते रिहा हुनेछन्।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २२ बजे

दशैंपछि मुक्तिनाथ मन्दिरमा दर्शनार्थी बढे

मुस्ताङ – हिन्दु तथा बौद्ध धर्मालम्बीहरुको धार्मिक साझा तीर्थस्थल मुक्तिनाथ

बङ्गलादेशमा एकै दिनमा दुई हजारभन्दा बढीमा डेङ्गु सङ्क्रमण

ढाका – बङ्गलादेशमा आइतबार बिहानसम्मको २४ घण्टामा दुई हजार २४९

एनपीएल हेर्न ९ सहरमा एक्सट्रीमका १० फ्यान जोन, प्रवेश निःशुल्क

काठमाडौं – नेपाल प्रिमियर लिग (एनपीएल)को तेस्रो संस्करणलाई लक्षित गर्दै

दसैँमा ६४२ चेलीले लिए निःशुल्क यातायात सेवा

खोटाङ – जिल्लामा क्रियाशील युवा समूहले सञ्चालन गरेको ‘दसैँ, तिहार,

कर्णालीमा सवारी कारबाहीबाट १२ दिनमा १२ लाख राजस्व सङ्कलन

कर्णाली – कर्णाली प्रदेशमा सवारी कारबाहीबाट १२ दिनमा रु १२