मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस « Khabarhub

मधेस प्रदेश प्रमुखसमक्ष मानवअधिकार आयोगको प्रतिवेदन पेस


२३ चैत्र २०८२, सोमबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


42
Shares
  • change font
  • change font
  • change font

महेन्द्रनगर– राष्ट्रिय मानवअधिकार आयोग, मधेस प्रदेश कार्यालयले गत आर्थिक वर्ष २०८१/८२ को वार्षिक प्रतिवेदन प्रदेश प्रमुखसमक्ष पेस गरेको छ ।

आयोगका मधेस प्रदेश कार्यालय प्रमुख बुद्धनारायण सहनीले आज जनकपुरधाममा आयोजित कार्यक्रममा नेपालको संविधानको धारा २९४ को उपधारा (३) बमोजिम प्रदेश प्रमुख सुरेन्द्र लाभ कर्णसमक्ष सो प्रतिवेदन पेस गरेका हुन् ।

प्रतिवेदन ग्रहण गर्दै प्रदेश प्रमुख कर्णले मानव अधिकार संरक्षण राज्यको महत्त्वपूर्ण दायित्व भएको उल्लेख गर्दै आयोगले उठाएका विषयवस्तुलाई गम्भीरतापूर्वक अध्ययन गरिने बताए । साथै उनले मानव अधिकारको संरक्षण तथा प्रवर्द्धनका लागि आवश्यक पहल गरिने प्रतिबद्धता व्यक्त गरे ।

सो  प्रतिवेदनमा मधेस प्रदेशमा मानव अधिकारको अवस्था, चुनौती तथा सुधारका लागि आवश्यक सुझाव समेटिएको जनाइएको छ ।

प्रकाशित मिति : २३ चैत्र २०८२, सोमबार  ७ : २६ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म