दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी « Khabarhub

दुई वर्ष अगाडिको मिति राखेर हर्क साम्पाङले मागे सांसद बैठकमा छुट्टी

सांसद राई सात दिन संसद्‍मा अनुपस्थित हुने


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


1.5k
Shares
  • change font
  • change font
  • change font

काठमाडौँ – श्रम संस्कृति पार्टीका संसदीय दलका नेता तथा प्रतिनिधिसभा सदस्य हर्कराज राई आगामी एक साता संसद् बैठकमा अनुपस्थित हुने भएका छन् ।

सुनसरी निर्वाचन क्षेत्र नम्बर १ बाट निर्वाचित सांसद राईले विशेष कामको कारण देखाउँदै संसद् सचिवालयलाई आफ्नो अनुपस्थितिको जानकारी गराएका हुन् ।

उनले सभामुखको निजी सचिवालयमा दर्ता गराएको पत्रअनुसार, चैत २३ गतेदेखि ५ देखि ७ दिनसम्म प्रतिनिधिसभा र समितिका बैठकमा उपस्थित हुन नसक्ने उल्लेख गरिएको छ । पत्र अनुसार नै उनी सोमबारको बैठकमा उपस्थित भएनन् ।

प्रतिनिधिसभा नियमावली २०७९ को नियम २१३ बमोजिम उनले आफ्नो अनुपस्थितिबारे सभामुखलाई पूर्वजानकारी गराएका हुन् । सांसद राईले आफ्नो दल श्रम संस्कृति संसदीय दल, सिंहदरबारलाई पनि यसको बोधार्थ दिएका छन् ।

पत्रमा गते ठिक भए पनि उनले साल भने दुई वर्ष अगाडि अर्थात् २०८० राखेका छन् । उनले स्वयम् सामाजिक सञ्जालमा सार्वजनिक गरेको छुट्टीको पत्रमा मिति गलत भएको देखिएको हो । उनले उक्त पत्र सार्वजनिक गर्दै मंगलबार बिहान फेसबुकमा लेखेका छन्, ‘धेरै फण्डा नगर्नु । अरु जस्तो होइन म । जय संसद ।’

यसरी अरुलाई होच्याएर गाली गर्दै प्रश्न गर्ने सांसद राईले भने मितिसम्म थाहा नपाएको भन्दै उनको सामाजिक सञ्जालमा उनको आलोचना भएको छ ।

धरान उपमहानगरका पूर्व प्रमुख राई पछिल्लो समय सदनमा खरो रुपमा प्रस्तुत भइरहेकाले चर्चामा छन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ७ : ०५ बजे

ओठमा गुलाब, अनुहारभरि रगत अनि आँखामा रिस !

काठमाडौं– बलिउडका ‘किङ खान’ शाहरुख खान यसपटक प्रेमी र हत्याराको

कर्णालीले गुमायो आठौँ विकेट

काठमाडौं– नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

ह्यारी केनलाई विराट कोहलीको बधाई

काठमाडौं – इङ्ल्यान्डका फुटबल खेलाडी ह्यारी केनले विश्वकै उत्कृष्ट फुटबल

कर्णालीले गुमायो सातौँ विकेट, कप्तान कामी आउट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

कर्णालीले गुमायो छैठौँ विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली