टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी « Khabarhub

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


147
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल गायक अशोक दर्जीले एक फिल्मको छायाङ्न सुरु गरेका छन् ।

सडकमा गीत गाउँदा भाइरल भएपछि टंकको संरक्षणमा पुगेका अशोक ८ वर्षपछि टाढिएका हुन् । उनीहरू दुवै आपसी समझदारीमा छुटिएको बताउँदै आएका छन् ।

अशोक तीन महिनाअघि टंकबाट टाढिएर झापामा परिवारसँग बस्दै आएका छन् । टंकले भने केही दिनअघि मात्रै यो कुरा सार्वजनिक गरेका हुन् ।

अशोक अहिले नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को छायाङ्कनमा सहभागी भएका हुन् ।

मंगलबारदेखि कास्कीको मिर्सा गाउँबाट यसको छायाङ्कन सुरु भएको हो । यस फिल्म नीता, दीपाश्री निरौला, सिरु विष्टलगायतका कलाकार मुख्य भूमिकामा रहेको बताइएको छ ।

नीताको कथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

नीता फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको निर्माता हरिहर अधिकारी हुन् । भदौ १२ बाट प्रदर्शनमा ल्याउने योजनाका साथ नीता छायाङ्कनमा निस्किएकी हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : २४ बजे

आदिवासी जनजाति महासङ्घ, सङ्घीय परिषद् सचिवालय नेतृत्वको औपचारिक घोषणा 

काठमाडौं- नेपाल आदिवासी जनजाति महासङ्घ (नेफिन) ले आफ्नो २१ सदस्यीय

भदौयता लेक लागेर चार विदेशीसहित सात पर्यटकको मृत्यु

मुस्ताङ– हिमाली जिल्ला मुस्ताङमा पर्वतीय ‘हाई अल्टिच्युड’ का कारण लेक

प्रेस रजिष्ट्रारको कार्यालय गण्डकीले सुरु गर्‍यो पत्रकार लेखनवृत्ति कार्यक्रम

गण्डकी– गण्डकी प्रदेश सरकारअन्तर्गत रहेको प्रेस रजिष्ट्रारको कार्यालयले पत्रकार लेखनवृत्ति

गुरुङ समुदायमा ट्होटेँको उल्लास

गण्डकी– गण्डक क्षेत्रका गुरुङ समुदायले आफ्नो पुस्तैनी पर्व ट्होटेँलाई आज

क्षतिग्रस्त बीपी राजमार्ग र रोशी पुगे गृहमन्त्री (तस्बिरहरू)

काठमाडौं– गृहमन्त्री सुधन गुरुङ मंगलबार आफ्नो टोलीसहित काभ्रेको रोशी खोलाको