टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी « Khabarhub

टंकको संरक्षणबाट टाढिएका अशोक फिल्मको सुटिङमा सहभागी


२४ चैत्र २०८२, मंगलबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


165
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – गायक तथा संगीतकार टंक बुढाथोकीको संरक्षणबाट टाढिएका बाल गायक अशोक दर्जीले एक फिल्मको छायाङ्न सुरु गरेका छन् ।

सडकमा गीत गाउँदा भाइरल भएपछि टंकको संरक्षणमा पुगेका अशोक ८ वर्षपछि टाढिएका हुन् । उनीहरू दुवै आपसी समझदारीमा छुटिएको बताउँदै आएका छन् ।

अशोक तीन महिनाअघि टंकबाट टाढिएर झापामा परिवारसँग बस्दै आएका छन् । टंकले भने केही दिनअघि मात्रै यो कुरा सार्वजनिक गरेका हुन् ।

अशोक अहिले नायिका नीता ढुङ्गानाको डेब्यू निर्देशनमा बन्न लागेको फिल्म ‘पार्वती’को छायाङ्कनमा सहभागी भएका हुन् ।

मंगलबारदेखि कास्कीको मिर्सा गाउँबाट यसको छायाङ्कन सुरु भएको हो । यस फिल्म नीता, दीपाश्री निरौला, सिरु विष्टलगायतका कलाकार मुख्य भूमिकामा रहेको बताइएको छ ।

नीताको कथा रहेको यस फिल्मको स्क्रिप्ट शिवम् अधिकारीले लेखेका हुन् ।

नीता फिल्मस्को ब्यानरमा बन्ने यस फिल्मको निर्माता हरिहर अधिकारी हुन् । भदौ १२ बाट प्रदर्शनमा ल्याउने योजनाका साथ नीता छायाङ्कनमा निस्किएकी हुन् ।

प्रकाशित मिति : २४ चैत्र २०८२, मंगलबार  ३ : २४ बजे

भारतको बिहारमा पटाका बनाउने क्रममा विस्फोट, पाँच जनाको मृत्यु

भारत– भारतको बिहार राज्यस्थित सीवान जिल्लाको आलमपुर गाउँमा पटाका बनाउने

औषधि पसलबाट लागूऔषध कारोबार, सञ्चालिका पक्राउ

कास्की– पोखरामा औषधि पसलका आवरणमा प्रतिबन्धित लागूऔषधको कारोबार हुने गरेको

इरानलाई ट्रम्पको चेतावनी- अमेरिकाले फेरि सैन्य आक्रमण गर्न सक्छ

वासिङ्टन – अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले इरानलाई चेतावनी दिँदै अमेरिकाले

मकवानपुरमा ५२ सवारी दुर्घटना, छ जनाको मृत्यु

बागमती– मकवानपुर जिल्लामा असोज महिनामा ५२ वटा सवारी दुर्घटना भएका

बाजुराको चारवटा वडा सडक सञ्जालको पहुँच बाहिर

बाजुरा– जिल्लाका चारवटा वडामा अझै सडक सञ्जालको पहुँच पुग्न सकेको