रंगशालाको कामप्रति एएफसी असन्तुष्ट, कुवेतविरुद्धको खेल काठमाडौंमा हुने सम्भावना न्यून « Khabarhub

रंगशालाको कामप्रति एएफसी असन्तुष्ट, कुवेतविरुद्धको खेल काठमाडौंमा हुने सम्भावना न्यून



काठमाडौं – एसियन फुटबल कन्फेडेरेसन (एएफसी) को टोलीले निर्माणाधिन दशरथ रंगशालाको निरीक्षण गरेको छ ।

विश्वकप फुटबल २०२२ तथा एएफसी कप २०२३ को संयुक्त छनोट अन्तरगत कुवेत र नेपालबीचको खेलका लागि तयार भइरहेको रंगशालाको एएफसी टोलीले मंगलबार निरीक्षण गरेको हो ।

उक्त खेल हुन अब १४ दिन मात्रै बाँकी रहँदा चेन्जिङ रूम तथा मैदान बनाउने काम अन्तिम चरणमा रहेको छ । यस्तै, रंगशालामा सिट राख्ने काम भइरहेको छ । तर, चीनबाट ल्याउने भनिएको भिआईपी प्यारापिट भने ल्याइसकिएको छैन।

निरीक्षणका लागि नेपाल आएको एएफसीको टोलीले रंगशालामा भइरहेको कामलाई लिएर असन्तुष्टि जनाएको स्रोतले बतायो ।

मंसिर ३ गते काठमाडौंमा हुने कुवेत र नेपालबीचको खेलका लागि अहिलेसम्म रंगशाला तयार नभएकोमा एएफसीको टोलीले ‘अब्जेक्सन’ जनाएको स्रोतले बताएको छ ।

‘एएफसी टोलीले विषेशगरि मैदान, मैदानको घाँस, चेन्जिङ रुम र रंगशालाको बाहिर पट्टिको फोहोरमाथि प्रश्न गरेको छ,’ स्रोतले खबरहबसँग भन्यो,‘निर्माणाधिन अवस्थामा मैदान रहँदा एएफसीको टोलीले असन्तुष्टि जनाएपछि नेपाल र कुवेतबीचको खेल काठमाडौंमा हुने सम्भावना एकदमै कम भएको छ ।’

एएफसीका प्रतिनिधिले रंगशालाबारे प्रतिवेदन तयार गरेर एएफसीको प्रतियोगिता कमिटीमा रिपोर्ट बुझाउने छ । उक्त रिपोर्टअनुसार नेपालमा खेल हुने वा नहुने भन्ने अन्तिम निर्णय आउँनेछ ।

मंसिर ३ गते हुने खेलका लागि अहिलेसम्म मैदान तयार भइसकेको हुनु पर्ने एएफसीको निरीक्षण टोलीले बताएको थियो ।

यता, एन्फा प्रवक्ता किरण राईले एएफसीको टोलीले रंगशालाको निरीक्षण गरेको पुष्टि गर्दै अहिलेसम्म काम पूरा नभएको प्रति चासो राखेको बताए ।

‘मैदानको निरीक्षण गरेको हो । त्यहाँका सबै कुराको अवलोकन गरेको छ । अहिले नै यसै भन्न सक्ने अवस्था छैन’ प्रवक्ता राईले भने,‘बाँकी रहेको कामलाई छिटो सम्पन्न गर्न भनेको छ ।’

यसैबीच, अखिल नेपाल फुटबल संघ एन्फाका अध्यक्ष कर्मा छिरिङ शेर्पाले भने कुवेत र नेपालबीचको खेल अगावै रंगशाला निर्माणको सबै काम पूरा हुने दाबी गरेका छन् । उनले उक्त खेल काठमाडौंमै हुने दाबी गर्दै एएफसीको असन्तुष्टि नरहेको बताएका छन् ।

यदि कुवेतविरुद्धको खेल काठमाडाैंमा हुन नसके एन्फाले न्यूट्रल भेन्यूमा खेलाउँनेछ ।

प्रकाशित मिति : १९ कार्तिक २०७६, मंगलबार  ८ : १९ बजे

रविभन्दा कुलमानसँग सहकार्य नजिक छन् बालेन

काठमाडौं – प्रधानमन्त्री सुशीला कार्कीले फागुन २१ गते निर्वाचन हुने

घार र मह बेचेर मनग्य आम्दानी

लेखनाथ – महको मूल्य र माग बढ्दै गएपछि पछिल्ला वर्षहरुमा

कांग्रेस कार्यसम्पादन समितिको बैठक शुक्रबार पुनः बस्ने

ललितपुर – नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको बैठक शुक्रबार दिउँसो

मुलुक समृद्ध बनाउन नयाँ पुस्ता एकताबद्ध हुनुपर्छः उर्जामन्त्री घिसिङ

काठमाडौं – ऊर्जामन्त्री कुलमान घिसिङले देशलाई समृद्धि, सुशासन र न्यायको

निर्वाचनमा पत्रकारले निष्पक्ष कलम चलाउनुपर्छ: पूर्वनिर्वाचन आयुक्त थपलिया

काठमाडौं – पूर्वनिर्वाचन आयुक्त दिनेश थपलियाले निर्वाचनका बेला पत्रकारले कुनै