सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल « Khabarhub

सरकारले यसअघि जेन-जी युवासँग गरेको १० बुँदे सम्झौता पालना गर्नपर्छ : सांसद खरेल


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


105
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– रास्वपा सांसद जगदीश खरेलले जेन-जी युवाहरूसँग यसअघिको सरकारले गरेको १० बुँदे सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका छन् ।  

बुधबार प्रतिनिधिसभा बैठकमा बोल्दै सांसद खरेलले जेनजी युवाहरूको बलिदानकै कारण मुलुक नयाँ अवस्थामा प्रवेश गरेको भन्दै जेन-जी युवाहरूसँग भएको सम्झौता सम्झौता अक्षरस पालना गर्न सरकारको ध्यानाकर्षण गराएका हुन् । १० बुँदे सम्झौता यताउता भए स्वीकार्य नहुने उनको भनाइ छ ।

खरेलले तोकिएको समयमा नै निर्वाचन सम्पन्न भएका कारण संसद्मा पुराना पातहरू हट्दै गएको र नयाँ पालुवा पलाएको धारणा राखे ।

जेन-जी आन्दोलनपछि मुलुकमा राजनीति र राजनीति नेतृत्वको परिभाषा नै परिवर्तन भएको भन्दै सांसद खरेलले परिभाषा परिवर्तन गर्ने नायक रवि लामिछाने भएको उल्लेख गरे । 

उनले सार्वभौम व्यवस्थापिका संसदलाई कार्यपालिकाको छाया बन्ने अवस्था आउन नदिन सबै प्रतिबद्ध हुनुपर्ने समेत बताए ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली