निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने « Khabarhub

निजी विद्यालयले गैरकानुनी शुल्क फिर्ता नगरे कारबाही हुने


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


90
Shares
  • change font
  • change font
  • change font

काठमाडौं – शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले प्रचलित कानुन तथा सर्वोच्च अदालतको आदेश विपरीत शुल्क असुली गर्ने निजी विद्यालयहरूलाई गृह प्रशासन र स्थानीय तहमार्फत कारबाही गर्न निर्देशन दिएको छ।

मन्त्रालयका अनुसार, केही संस्थागत विद्यालयहरूले शैक्षिक सत्र सुरु हुनु पूर्व नै विद्यार्थी भर्ना गरी स्वीकृत मापदण्डभन्दा बढी शुल्क असुली गर्ने गरेको पाइएपछि चैत २२ गते यस्तो निर्देशन जारी गरिएको थियो। तर, हालसम्म केही विद्यालयले कानुन विपरीत शुल्क असुलीको कार्य जारी राखेको गुनासो आएको छ।

शिक्षा ऐन (संशोधन सहित), २०२८ को दफा १६६ (६) अनुसार गैरकानुनी रूपमा सङ्कलन गरिएको शुल्क विद्यार्थीलाई फिर्ता गर्न सम्बन्धित सबै विद्यालयलाई पुनः निर्देशन दिइएको छ।

शिक्षा मन्त्रालयका प्रवक्ता शिवकुमार सापकोटाले जारी सूचनामा भनेका छन्, ‘कुनै पनि विद्यालयले यो निर्देशनको अवज्ञा गरेमा सोही ऐनको दफा १६६ (७) बमोजिम र अन्य प्रचलित कानुन अनुसार थप कारबाही प्रक्रिया अगाडि बढाइनेछ। यसका लागि गृह मन्त्रालय, जिल्ला प्रशासन कार्यालय र स्थानीय तहसँग आवश्यक समन्वय हुन अनुरोध गरिएको छ।’

विद्यार्थी र अभिभावकको सुविधा र गुनासो सुनुवाइका लागि शिक्षा तथा मानव स्रोत विकास केन्द्रमा सहायता कक्ष समेत स्थापना गरिएको छ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ३ : ३६ बजे

सम्पत्ति शुद्धीकरणबारे देउवाले भने, ‘मेरो जीवन खुल्ला किताब जस्तै हो, भ्रष्टाचारविरुद्ध जीवनभर संघर्ष गरेँ

काठमाडौं- नेपाली कांग्रेसका निवर्तमान सभापति शेरबहादुर देउवाले आफू र आफ्नो

स्वीस बैंकमा नेपालीको पैसाबारे गृहमन्त्रीको चासो, राजदूत बोलाएर गरे छलफल

काठमाडौं- गृहमन्त्री सुधन गुरुङले स्वीजरल्यान्डस्थित विभिन्न बैंकहरूमा नेपाली नागरिकको पैसाबारे

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग

प्रधानमन्त्री कपमा मधेस प्रदेश विजयी

वीरगञ्ज– प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत आजको खेलमा मधेस

लेबनानमा मलामीमाथि इजरायली आक्रमण, कम्तीमा १० जना मारिए

लेबनान- अमेरिका-इरान युद्धविराम भए पनि इजरायलले लेबनानमाथि आक्रमण रोकेको छैन।