पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो « Khabarhub

पशुपतिमा भेटिएका फ्रान्सेली नागरिकलाई अध्यागमन विभाग बुझाइयो


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


78
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– पशुपतिनाथ क्षेत्रमा भेटिएका एक फ्रान्सेली नागरिकलाई प्रहरीले अध्यागमन विभागमा बुझाएको छ ।

सो फ्रान्सेली नागरिक पशुपतिमा अलपत्र अवस्थामा बसेको भिडियो सार्वजनिक भएपछि प्रहरी टोलीले निजको खोजी गरी अध्यागमन विभागमा बुझाएको जिल्ला प्रहरी परिसर काठमाडौँका प्रवक्ता पवनकुमार भट्टराईले जानकारी दिए ।

उनले भने, ‘फ्रान्सेली नागरिक बेवारिसे अवस्थामा रहेको भिडियो सार्वजनिक भएपछि हामीले निजसँग सोधपुछ गर्दा निजको सामान चोरी वा लुटपाट नभएको खुल्न आएकाले अध्यागमन विभाग बुझाएका छौँ ।’

यसैगरी, निज फ्रान्सेली नागरिक विगत छ वर्षदेखि आफ्नो नेपाली श्रीमतीसहित नेपालमा बस्दै आएका, आर्थिक कारणले गर्दा निजहरूले आफ्नो पासपोर्ट, मोबाइल, ल्यापटपलगायत अन्य सामानहरू आफू बसेको होटलमा छोडी हिँडेका खुल्न आएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ५ : ३५ बजे

जनकपुरले गुमायो दोस्रो विकेट

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

जनकपुरले गुमायो पहिलो विकेट, सोमपालले दिलाए सफलता

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली

काठमाडौँका विभिन्न स्थानमा चोरी गर्ने चार भारतीय पक्राउ

काठमाडौँ– काठमाडौँका विभिन्न स्थानमा घर तथा फ्ल्याटमा कोही नभएको मौका

फिल्म फेस्टिभलमा शबाना आजमी र मार्को मुलर सहभागी हुने

काठमाडौँ- काठमाडौँ महानगरपालिकाले कात्तिक १३ गतेदेखि १५ गतेसम्म काठमाडौं फिल्म

कर्णालीले जनकपुरलाई दियो १ सय ३३ रनको लक्ष्य

काठमाडौं- नेपाल प्रमियर लिग एनपीएल अन्तर्गत मंगलबारको दोस्रो खेलमा कर्णाली