प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ « Khabarhub

प्रधानमन्त्री शाहसँग भेटपछि चिनियाँ राजदूतले भने : दुई देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुनेछ


२५ चैत्र २०८२, बुधबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


159
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- नेपालका लागि चिनियाँ राजदूत झाङ माओमिङले प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक प्रतिनिधिमण्डलसहित भेट गरेको बताएका छन्।

भेटपछि उनले भनेका छन्, ‘प्रधानमन्त्री वालेन्द्र शाहसँग कूटनीतिक समूहसहित भेट गर्न पाउँदा सम्मानित महसुस भयो।’

उनले चीनको उच्च गुणस्तरीय विकास र उच्चस्तरीय खुलापनबाट नेपालले लाभ लिन सक्ने उल्लेख गरे । दुवै देशबीचको रणनीतिक साझेदारी अझ सुदृढ हुने विश्वास पनि उनले व्यक्त गरे।

राजदूत झाङ माओमिङले विशेषगरी विकास सहकार्यमार्फत् दुवै देशका जनताले प्रत्यक्ष लाभ पाउने पनि बताएका छन् ।

बुधबार प्रधानमन्त्रीले एकैसाथ नेपालस्थित कूटनीतिक, राजदूतसहित दर्जनौसँग सिंहदरबारमा संवाद गरेका छन् ।

प्रकाशित मिति : २५ चैत्र २०८२, बुधबार  ७ : १६ बजे

सेनामा भर्ती गराइदिने भन्दै ठगी गर्ने व्यक्ति पक्राउ

सुदूरपश्चिम – नेपाली सेनामा भर्ती गराइदिने प्रलोभन देखाएर रकम असुली

डेङ्गीविरुद्ध ‘खोज र नष्ट गर’ अभियान

गण्डकी – साउन लागेयता बागलुङमा डेङ्गी सङ्क्रमितको सङ्ख्या २४१ पुगेको

सशस्त्र प्रहरीका वरिष्ठ उपरीक्षकहरूको सरुवा (सूचीसहित)

काठमाडौं – नेपाल सरकारले सशस्त्र प्रहरी बल (एपीएफ) का वरिष्ठ

धनुषामा प्रतिपरिवार एक सिलिन्डर बिक्री गरिने

जनकपुरधाम – धनुषा जिल्लामा खाना पकाउने एलपिजी ग्यासको सम्भावित अभावलाई

२५ वर्षपछि यसरी नाफामा फर्कियो नेपाल औषधि लिमिटेड

काठमाडाैं – एकदशक अगाडिसम्म कर्मचारीको तलब दिन नसक्ने अवस्थामा पुगेको