फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह « Khabarhub

फोहर वर्गीकरण गर्न टीकापुर नगरपालिकाको आग्रह


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


30
Shares
  • change font
  • change font
  • change font

कैलाली– टीकापुर नगरपालिकाले घरबाट निस्केका फोहरलाई वर्गीकरण गरेर राख्न आग्रह गरेको छ ।

फोहरलाई घरभित्रबाट अलग अलग गरेर राखिएमा व्यवस्थापनमा सहयोग पुग्ने नगरपालिकाले जनाएको छ ।

यसका लागि नगरपालिकाले टोल, बस्ती तथा बजार क्षेत्रमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरेको छ ।

‘सबै प्रकारको फोहर एकै ठाउँमा हुँदा त्यसको व्यवस्थापनमा चुनौती मात्रै होइन, सुरक्षाका दृष्टिकोणले पनि सरसफाइकर्मीलाई समस्या हुने गरेको छ’, नगरपालिकाका सरसफाइ शाखा प्रमुख लोकबहादुर बुढाले भने, ‘त्यसो नहोस् भन्नका लागि नागरिकहरूलाई फोहरको वर्गीकरण गर्न सिकाइ हुने गरी गाउँटोलमा जनचेतनामूलक कार्यक्रम सञ्चालन गरिएको हो ।’

टीकापुर –२ विजयनगरकी सुनिता विकले अबका दिनमा फोहरको वर्गीकरण घरबाट गर्ने जानकारी दिइन् । नगरपालिकाले ठाउँठाउँमा फोहर सङ्कलनको व्यवस्थापन गर्न आरती थापाले सुझाव दिइन् ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ९ : ४५ बजे

यी फुटबलर, जसले विश्वकपपछि चम्काए आफ्नो करिअर

काठमाडौं- कल्पना गर्नुहोस्- एउटा खेलाडीमाथि विश्वकपअघि आफ्नै देशबाहिर धेरैको नजरमा

आईपीपीसँगको नयाँ सहमतिले प्राधिकरणलाई एक अर्बभन्दा बढी दायित्वको जोखिम

काठमाडौँ– विद्युत् व्यापार विभाग र स्वतन्त्र ऊर्जा उत्पादकहरू (आईपीपी)बीच भएको

शनिबारका लागि विदेशी मुद्राको विनिमय दर निर्धारण

काठमाडौँ– नेपाल राष्ट्र बैङ्कले आज (शनिबार)का लागि विदेशी मुद्राको विनिमयदर

आज २०८३ साल साउन २३ गते शनिबारको राशिफल

काठमाडौँ – २०८३ साल साउन २३ गते शनिबार सन् २०२६

प्रधानमन्त्री भन्छन् : ढिलो होला तर, गलत हुँदैन

काठमाडौँ । प्रधानमन्त्री बालेन शाहले सही समय आउन केही समय