सरकारी अस्पतालका लागि नयाँ कार्यविधि : २४ घण्टाभित्र रिपोर्ट, क्यूआरबाटै गुनासो र भुक्तानी « Khabarhub

सरकारी अस्पतालका लागि नयाँ कार्यविधि : २४ घण्टाभित्र रिपोर्ट, क्यूआरबाटै गुनासो र भुक्तानी


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : 2 मिनेट


93
Shares
  • change font
  • change font
  • change font

काठमाडौं- स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालय ले सरकारी अस्पतालहरूको सेवा जनमैत्री, पहुँचयोग्य र प्रभावकारी बनाउन “अस्पताल सेवा सुधार कार्यविधि, २०८२” जारी गरेको छ । कार्यविधि स्वीकृत भएसँगै देशभरका सरकारी अस्पतालमा तुरुन्त लागू हुने मन्त्रालयले जनाएको छ । कार्यविधि अनुसार अस्पतालमा हुने भीडभाड कम गर्न अनलाइन बुकिङ र रिपोर्ट वितरण प्रणाली अनिवार्य गरिएको छ ।

सेवामा ढिलाइ न्यूनीकरण गर्न हाई स्पीड इन्टरनेट र क्यूआर कोडमार्फत भुक्तानीको व्यवस्था गरिनेछ । प्रयोगशाला तथा एक्स- रे जस्ता परीक्षणका रिपोर्ट २४ घण्टाभित्र बिरामीलाई उपलब्ध गराउनुपर्ने प्रावधान राखिएको छ । स्वास्थ्यकर्मी र कर्मचारीको उपस्थिति निगरानी गर्न विद्युतीय हाजिरी अनिवार्य गरिएको छ ।

सेवाग्राहीसँगको व्यवहार सुधार गर्न ‘म तपाईंलाई के सहयोग गर्न सक्छु ?’ भन्ने सेवामुखी संस्कृति विकास गरिनेछ । सेवाग्राहीसँग दुर्व्यवहार गर्ने कर्मचारीलाई अतिरिक्त ‘सफ्ट स्किल’ तालिममा सहभागी गराउने व्यवस्था गरिएको छ । कार्यविधिले प्रत्येक सरकारी अस्पतालमा ‘सुलभ फार्मेसी’ सञ्चालन गर्नुपर्ने व्यवस्था गरेको छ । चिकित्सकले सकेसम्म अस्पतालमै उपलब्ध औषधि सिफारिस गर्नुपर्नेछ ।

आकस्मिक बिरामीलाई आर्थिक अभावका कारण उपचारबाट वञ्चित गर्न नपाइने स्पष्ट गरिएको छ । साथै, उपचार सम्भव नभएमा अर्को सरकारी अस्पतालसँग समन्वय गरेर मात्रै बिरामी रिफर गर्नुपर्नेछ । सरसफाइ व्यवस्थापनलाई पनि कडाइ गरिएको छ । शौचालय तथा अस्पताल परिसरको नियमित सरसफाइका लागि दैनिक कार्यतालिका र चेकलिस्ट अनिवार्य गरिएको छ ।

बिरामीलाई सेवा लिन सहज बनाउन नेपाली भाषामा स्पष्ट संकेत र रङ्गीन चिन्हसहितको नेभिगेसन प्रणाली लागू गरिनेछ । सेवाग्राहीको सन्तुष्टि मापन गर्न प्रत्येक विभागमा इलेक्ट्रोनिक ‘मुड चार्ट’ राखिनेछ । क्यूआर कोडमार्फत गुनासो तथा सुझाव दिन सकिने र त्यस्ता गुनासोको तत्काल सम्बोधन अस्पताल प्रमुखले गर्नुपर्ने व्यवस्था गरिएको छ ।

मन्त्रालयका अनुसार कार्यविधिको प्रभावकारी कार्यान्वयनले सरकारी अस्पतालको सेवा गुणस्तरमा सुधार आउने र नागरिकले सहज, छिटो तथा गुणस्तरीय स्वास्थ्य सेवा पाउने अपेक्षा गरिएको छ ।

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  २ : ४६ बजे

२४३ यात्रु बोकेको इन्डोनेसियाली जहाज सम्पर्कविहीन, हराएका १४० जनाको खोजी गरिँदै

जकार्ता- इन्डोनेसियामा २४३ यात्रु बोकेको एक यात्रुवाहक जहाज आइतबार जाभा

जिप दुर्घटना अपडेट : मृतकको सनाखत, घाइतेको हेलिकप्टरमार्फत उद्धार

त्रिवेणी– रुकुम पश्चिमको सानीभेरी गाउँपालिका-६ देउताखोला नजिकै आज बिहान भएको

अन्तर्राष्ट्रिय नेपाली मञ्च जापानको संयोजकमा हरि, सह-संयोजकमा श्यामहरि

काठमाडौं- नेपाली कम्युनिष्ट पार्टी (नेकपा) ले प्रवासमा संगठनात्मक विस्तारका क्रममा

युद्धको तनाव र जलवायु संकट बढ्दै जाँदा ब्रिक्सको मञ्चबाट मोदीले भने, ‘एउटा ठाउँको संकटले सबैलाई छुन्छ’

नयाँदिल्ली- भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले विश्वमा तनाव निरन्तर बढिरहेको र

पृथ्वी राजमार्ग खुलाउन सेनाद्वारा धमाधम ब्लास्टिङ (तस्बिरहरू)

धादिङ– रसुवा बाढीका कारण त्रिशूली नदीले सडक कटान गर्दा भासिएको