कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन « Khabarhub

कृषिमन्त्रीद्वारा कालीमाटी बजारको अनुगमन


२६ चैत्र २०८२, बिहीबार  

पढ्न लाग्ने समय : < 1 मिनेट


0
Shares
  • change font
  • change font
  • change font

काठमाडौं– कृषि तथा पशुपन्छी विकास र वन तथा वातावरणमन्त्री गीता चौधरीले कालीमाटीस्थित फलफूल तथा तरकारी बजारको स्थलगत निरीक्षण गरेकी छन् । 

बजार व्यवस्थापनमा कमजोरी भएको बारे गुनासो आएपछि मन्त्री चौधरीले आज कालीमाटी  पुगेर तरकारी बजारको अनुगमन गरेकी हुन् ।  

बजार अनुगमनका क्रममा इजाजतपत्र लिएका व्यवसायीको नाममा अन्य व्यक्तिले भाडामा लिएर पसल सञ्चालन गरेको पाइएको मन्त्री चौधरीको सचिवालयले जनाएको छ । साथै, विषादी परीक्षण नभई तरकारी उपभोक्तासम्म पुग्ने गरेको, बिलविजकमा अनियमितता, इजाजतपत्र नवीकरण नगरेका पसल सञ्चालनमा रहेको जस्ता समस्या भेटिएका छन् ।

मन्त्री चौधरीले कालीमाटी बजारअन्तर्गत थोक बजारका ६१०, ६४५, ६९३, ७०१, ७०४, ७११, ७१८ नम्बरलगायतका पसलमा निरीक्षण गर्दा इजाजत लिएका व्यवसायी स्वयं उपस्थित नभएको पाइएको छ । कतिपय स्थानमा एकै दर्तामा दुइदेखि तीन जनाले व्यवसाय सञ्चालन गरेको भेटिएको छ ।

त्यस्तै, माछा पसलमा पनि उस्तै प्रवृत्ति देखिएको मन्त्री चौधरीले २४, १३ ‘ख’, ११ ‘क’, १०, ११, १० ‘ख’ नम्बरका माछा पसलको निरीक्षण गरिन्। निरीक्षणका क्रममा चार व्यापारीले आपूर्तिकर्ताबाट ल्याइएको माछा सोही बजारमा थोक रूपमा बिक्री गर्ने क्रममा बिलविजकमा अनियमितता प्रयोग गरेको पाइएको छ ।

मन्त्री चौधरीले बजार व्यवस्थापनमा देखिएका अनियमितता तुरुन्त सुधार गर्न सम्बन्धित निकायलाई निर्देशन दिइन् । साथै, उपभोक्ताको स्वास्थ्य र अधिकारमा असर पर्ने गतिविधि कडाइका साथ नियन्त्रण गरिने मन्त्री चौधरीको सचिवालयले जनाएको छ । 

प्रकाशित मिति : २६ चैत्र २०८२, बिहीबार  ४ : ३७ बजे

विपक्षीसँग कुरा नमिलेपछि सुरु नै नभई सर्‍यो प्रतिनिधिसभा बैठक

काठमाडौं– बुधबार बिहान ११ बजेका लागि बोलाइएको प्रतिनिधिसभा बैठक सरेको

एनसेल डाटा सेन्टरलाई एएनएसआई/टीआईए–९४२–सी प्रमाणीकरण

काठमाडौं– एनसेल बिजनेसले नख्खु, ललितपुरमा सञ्चालनमा रहेको आफ्नो अत्याधुनिक डाटा सेन्टरले

विपक्षीलाई फकाउँदै रवि, संसद्‍ खोल्न प्रधानमन्त्रीले लिखित जवाफ दिनुपर्ने अडान

काठमाडौं– राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले विपक्षी दलसँग संवाद

३५ करोड लगानीमा नेपालमै ‘स्किन केयर’ सामग्री उद्योग

काठमाडौं– कोरियन प्रविधि र नेपाली उद्यमशीलताको संयोजनमा नेपालमै विश्वस्तरीय ‘स्किन केयर’

रानीसैनमा सशस्त्र र प्रहरीको अस्थायी ‘बिओपी’ र चौकी स्थापना

बाजुरा– हिमाली गाउँपालिकाको रानीसैन क्षेत्रको संरक्षण र नागरिकको सुरक्षाका लागि